घुस दिन खोजेपछि…


काठमाडौ । काठमाडौं महानगरपालिका–२ टुकुचाबाट प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं नयाँबजार बस्ने काभ्रे चौभास नगरपालिका–४ घर भएका सुनिल तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले बा.७४ प ९१४० नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटर चालक तामाङको साथमा चरेश जस्तो देखिने कालो पदार्थ करिब ४ ग्राम फेला परेकोले कारबाहीबाट बच्न उक्त नगद दिई प्रलोभनमा पार्न खोजे पश्चात् उनलाई स्कुटर सहित पक्राउ गरेको हो ।