२ किलो सुन समातियो


काठमाडौ(नेस) । चन्द्रगिरी नगरपालिका–२ नागढुङ्गाबाट रसुवा गोसाईकुण्ड गाउँपालिका(५ स्याप्रुवेशी घर भएका मिनबहादुर तामाङलाई २ किलो सुन सहित प्रहरीले पक्राउ गरको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ६५२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार तामाङले कालो टेपले बेरी रुमालले कम्मरमा बाँधी लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त सुन फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।