सडक अवरुद्ध हुँदा हेली चार्टर गरी अस्पताल


खोटाङ, (नेस)
बाढी तथा पहिरोका कारण सडक अवरुद्ध हुँदा खोटाङका बिरामी लगायतका यात्रु काठमाण्डौं पुग्न हेलिकोप्टर चार्टर गर्न बाध्य भएका छन् । वर्षाका कारण काठमाण्डौं पुग्न प्रयोग गरिने सवै सडक ६ निददेखि अवरुद्द बिरामी लगायतका यात्रु काठमाण्डौं पुग्न हेलि चार्टर गर्न बाध्य भएका हुन् हुन् ।

पहिरोका कारण दिक्तेलबाट काठ्माण्डौं, धरान, बिराटनगर लगायतका शहर पुग्ने सडक अवरुद्ध हुँदा जिल्ला अस्पतालबाट रेफर भएका अधिकांश बिरामी महंगो शुल्क तिरेर हेलीकोप्टर चार्टर गर्न बाध्य बनेको स्थानीय ध्रुबविक्रम राईले बताउनुभयो । जिल्ला अस्पतालले रेफर गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी ६५ वर्षीय हस्तकला राई मंगलबार हेलीकोप्टर प्रयोग गरेर काठ्माण्डौं पठाइएको छ ।

मंगलबार राती ८ बजे क्यानडा उडानका लागि सेड्युल भएका सोल्माकै हेमन्त राईले २ लाख रुपेंयाँमा हेलिकोप्टर चार्टर गरेपछि प्रेसरकी बिरामी हस्तकलालाई पनि सोही हेलीकोप्टरमा काठमाण्डौं पठाइएको हो ।

आकस्मिक कामका लागि ओहोरदोहोर गर्ने अन्य यात्रुहरुले पनि मिले हेलिकोप्टर वन्दोवस्तीको प्रक्रिया गरिरहेको जनाईएको छ । बिभिन्न स्थानमा अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयराम, दिक्तेल–काठ्माण्डौं, दिक्तेल–कटारी लगायतका सडक सुचारु हुन अझ केही दिन लाग्ने पैदल यात्रुहरु सुनाउँछन् ।

काठमाण्डौंबाट गत विहिबार हिँडेका यात्रु ५ दिन लगाएर जिल्ला आईपुगेका छन् ।