लागूऔष सेवनमा नाबालकको संख्या बढ्दो


उत्तम नेपाल, भद्रपुर
झापामा पछिल्लो समय लागूऔषधमा नाबालकको प्रयोग बढ्दै गएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कमा पछिल्लो समय नाबालकहरु दुव्र्यसनमा समेत फस्दै गएको उल्लेख छ । चालू आर्थिक वर्ष ०७५–०७६ को हालसम्ममा यस्तो अभियोगमा १७ जना नाबालक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस अवधिमा १५ महिला र १ सय ५४ जना पुरुषसहित १ सय ८६ जनालाई पक्राउ गरिएको उल्लेख छ । पक्राउ परेकामध्ये १ सय १३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको र नाबालकलाई सुधारगृह तथा अभिभावकको जिम्मा लगाइएको जिल्लाका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

संलग्नमध्ये हालसम्म १ जना फरार रहेको बताइएको छ । प्रहरीले पक्राउ परेकाहरुका साथबाट १० लाख ३७ हजार २ सय ४० रुपियाँ बराबरको डाइजेपाम, लुपिजेसिक, फेनारगन, नाईट्रोसन, ब्राउन सुगर, गाँजा, नाईट्राभेट चरेश लगायतका लागू औषध बरामद गरेको श्रेष्ठको भनाइ छ ।

प्रहरीले अघिल्लो आर्थिक वर्ष ०७४–०७५ मा लागू औषधसहित १ सय ८० जनालाई पक्राउ गरेको तथ्याङ्क सार्वजनिक गरेको थियो । प्रहरीले गत वर्ष २३ जना नाबालकलाई पक्राउ गरेको थियो । गत वर्ष तीन महिला पक्राउ परेका थिए भने १ सय ६३ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको उहाँले जनाउनुभयो ।

पछिल्लो समय दुव्र्यसन र तस्करीमा नाबालकहरुको प्रयोग बढ्दै गएको भन्दै यो समाजका लागि चुनौतीको विषय बनेको उहाँको दाबी छ । प्रहरीले गत वर्ष ४ लाख ६० हजार ५ सय ५३ रुपैयाँ बराबरको लागूऔषध बरामद गरेको तथ्याङ्क छ । प्रहरीले गत वर्ष एक सय २६ जनालाई मुद्दा दर्ता गरेको थियो भने ९ जना फरार रहेका थिए । लागूऔषधको सेवन नभई दुव्र्यसन, वैध नभई अवैध उत्पादन, तस्करीले आर्जित अकूत धनराशिको गलत कार्यमा दुरुपयोग हुनाले विश्वमा जटिल समस्या उत्पन्न भएको प्रहरीको भनाइ छ । लागूऔषध दुव्र्यसनीहरूले पारिवारिक वातावरण अशान्त र तनावपूर्ण बनाएका छन् ।

साथीहरूको दबाब, विरक्ती, उत्सुकता, असफल, अप्ठ्यारा परिस्थितिबाट पन्छिन खोज्ने युवालाई लागूऔषध बिक्री गर्नेहरूले समस्या समाधान हुने गलत सल्लाह दिएर क्षणिक आनन्द प्राप्तिका लागि सेवन गराउने गर्छन् ।

प्रहरीका अनुसार, युवायुवती लागूऔषधको कुलतमा फस्नुमा ५० प्रतिशत अभिभावकको कमजोरी देखिन्छ । लागूऔषध प्रयोग गर्नेहरूमा ३१ प्रतिशत दशं२ पढ्नेहरू बढी छन् ।

गृह मन्त्रालयको लागूऔषध नियन्त्रण इकाइका अनुसार, १५ देखि २४ वर्ष उमेर समूहका दुव्र्यसनी ५२ प्रतिशत, २५ देखि ३४ वर्ष उमेर समूहका दुव्र्यसनी ४२ र ३५ वर्षभन्दा माथि उमेर समूहका ६ प्रतिशत दुव्र्यसनी छन् ।