४० विधेयक पारित, ६ वटा छलफलमा


यमलाल भुसाल, बुटवल
प्रदेश पाँच प्रदेश सभाले ४० वटा विधेयक पारित गरेको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्ममा ४६ वटा विधेयक दर्ता भएकोमा ४० वटा विधेयक पारित भएको मंगलबार प्रदेश सभा सचिवालयले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

प्रदेश सभाको चौथो अधिवेशन जारी रहँदा प्रदेश सभाको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०६७÷०७७ को सेवा र कार्यहरुको लागि प्रदेश नं. ५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक गरि २ वटा विधेयक पारित भएका छन् ।

त्यस्तै प्रदेश पदक सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक प्राईभेट फर्म दर्ता गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेश सभामा सैद्धान्तिक छलफलमा छन् भने प्रदेशको अभिलेख संरक्षण सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक र सडक सवारी यातायात तथा परिवहन सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक सम्बन्धित विषयत समितिमा छलफलका क्रममा रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी गराउनुभयो ।

प्रदेश पाँच प्रदेश सभामा पहिलो अधिवेशनमा ८ वटा विधेयक दर्ता भएका थिए भने दोस्रो अधिवेशनमा सो सहित ११ वटा विधेयक पारित भएका थिए । त्यस्तै तेस्रो अधिवेशनमा २३ वटा विधेयक पारित भएका थिए ।

चालू आर्थिक वर्षमा प्रदेश सभाले विनियोजित बजेटको ८० दशमलव ८० प्रतिशत वित्तीय प्रगति गरेको जनाएको छ । प्रदेश सभा सचिवालयका लागि चालु आर्थिक वर्ष २०७५÷०७६ का लागि ३१ करोड ६५ लाख ८१ हजार ४ सय ५ रुपियाँ बजेट विनियोजन भएकोमा २५ करोड ५७ लाख ९८ हजार १ सय ५३ रुपियाँ खर्च भएको पनि पत्रकार सम्मेलनमा जनाइएको छ ।

खानेपानीका प्रमुखलाई ¥याख¥याख्ती

बुटवल, (नेस)
बुटवल उपमहानगरपालिका–८ का स्थानीय बासिन्दाहरुले मंगलबार खानेपानी संस्था बुटवलका कार्यालय प्रमुखलाई ¥याख¥याख्ती बनाएका छन ।

उनीहरुले सुख्खानगर क्षेत्रमा नियमित रुपमा खानेपानी आउन छाडेकोे र आए पनि धमिलो पानी आउने गरेको गुनासोसहित खानेपानी संस्था बुटवलको कार्यालयमा पुगेर कार्यालय प्रमुख संग आक्रोशित भएका थिए ।

स्थानीयहरुले सुख्खानगरमा दिनुपर्ने पानी कर्मचारी र जनप्रतिनिधीको आदेशमा अन्य वडालाई दिएको भन्दै संस्थानका कार्यालय प्रमुख इन्जिनियर बुद्धरत्न मर्हजनलाई केही समय घेराउ समेत गरेका थिए ।
सुख्खानगरका स्थानिय बासीहरुले तत्काल खानेपानीको समस्या समधान नभए खानेपानी पाईपनै निकाल्दिने चेतावनी समेत दिएका छन् । वडाका प्रत्याशि अध्यक्ष राधेश्यामराज भण्डारीले हिउदको समयमा भन्दा पनि बढि खानेपानी समस्या अहिले भएको बताउनु भयो ।