बुटवल–पाल्पा सडकमा जोखिम कायमै


पाल्पा, (नेस)
ज्यानमारा सडक अर्थात् मान्छे खाने सडकको रुपमा नेपालमै कहलिन थालेको वुटवल–पाल्पा सडक खण्डको सिद्धवावा नजिकको क्षेत्रमा पहिरोको जोखिम अझै पनि कायमै छ ।

शुक्रवार, शनिवार र आइतवार परेको अविरल वर्षासँगै कहिले वन्द हुने त कहिले खुल्ने गरेको यो सडक खण्डमा मर्मतका लागि भन्दै डिभिजन सडक कार्यालय पाल्पाले सोमबार लगभग दिनभर नै सडक अवरुद्ध गरेर मर्मतको काम ग¥यो, विहान १० बजे देखि दिउँसो ३ बजेसम्म दुबै तर्फका सवारीसाधन रोकी सडक छेउछाउको पहिरो र ढुङगा हटाउने कार्य गरेको डिभिजन सडक कार्यालय पाल्पाले जानकारी दिएको छ ।

तिनाउँ गाउँपालिका ३ दोभानप्रहरी चौकि देखि सिद्धबाबा हेडबक्स क्षेत्रको सडक छेउछाउका ढुङगा र पहिरोले दुर्घटनाको जोखिम बढाएको भन्दै सवारी आवतजावत रोकेरै भए पनि पहिरो हटाउन लागिएको सडक डिभिजन कार्यालयका प्रमुख प्रमुख ईन्जिनियर केदारप्रसाद नेपालले जानकारी दिनुभयो ।

यसबाट सावारी आवतजावतमा पर्न गएको असुविधा प्रति डिभिजन सडक कार्यालयले क्षमा मागेको छ । यात्राको क्रममा होसियारी अपनाएर मात्र यात्रा गर्न डिभिजन सडक कार्यालय पाल्पाले सबै यात्रु र सावरीचालकलाई आग्रह गरेको छ । वर्षायाम सुरुभएसँगै बुटवल– पाल्पा सडक खण्डको दोभान हेडबक्स क्षेत्र अत्याधीक जोखिमको क्षेत्र हो ।

यस खण्डमा वर्षातको वेला त माथिबाट पहिरो र ढुङगा खस्ने गरेका कारण जोखिम हुने गर्दछ भने हिउदका वेला समेत माथिबाट ढुङगा खस्ने गरेका कारण मानिसहरु अनाहकमा ज्यान गुमाउन वाध्य छन । गएको शनिवार मात्रै यो सडकमा पहिरोमा पुरिएर एक जना युवाको ज्यान गइसेककेको छ । हालसम्म यही खण्डमा पहिरो र ढुङगा लागेर ५० भन्दा वढीले ज्यान गुमाइ सकेका छन ।