वृद्धाश्रमलाई खाद्यान्न वितरण


नेपाल समाचारपत्र
काठमाडौं
विज्ञापन एजेन्सी तथा इभेन्ट म्यानेजमेन्टले विभिन्न कार्यक्रम गरी तेस्रो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवकै अवसर पारेर एभरेस्ट एडले मातातीर्थ वृद्धाश्रम समितिलाई खाद्यान तथा अत्यावश्यकीय सामाग्री वितरण गरेको छ ।

वृद्धाश्रमलाई उपलब्ध गराइएका सामग्रीहरूमा चामल ३ सय किलो, दाल ३० किलो, आलु ५० किलो, चिनी ५० किलो, तेल १० लिटर, नुन ५ किलो, मसला ५ किलो, खसी र कुखुराको मासु, लुगा धुने साबुन, नुहाउने साबुन, हातधुने साबुन, सर्फ, हार्पिक, फिने, ट्रवाइलेट ब्रस र कुर्सीहरू रहेका छन् । सो वृद्धाश्रममा २४ वृद्ध आमाहरु र ५ जना सहयोगी बस्ने गर्दछन्।

एभरेस्ट एडले स्थापनाकालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्तवअन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएकोमा खाद्यान तथा अत्यावश्यकीय सामग्री वितरण कार्य यसको निरन्तरता भएको सो एजेन्सीका प्रबन्ध निर्देशक जेबी विष्टले बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामी व्यावसायिक कार्य कुशलताका साथ गर्ने मात्र नभई हामी बस्ने समाजलाई अझ सुन्दर बनाउन सबै खाले सहयोग गर्नप्रति सदैव प्रतिबद्ध छौँ ।’ त्यसकै हिस्सास्वरूप सामाजिक सेवाका कार्यमा पनि सक्रिय सहभागी हुनुका साथै आर्थिक रूपमा सहयोगहरू पनि प्रदान गर्दै आएको उहाँले बताउनुभयो । यस्ता कार्य सधैँ प्राथमिकतामा रहने उहाँको भनाइ थियो ।

मातातिर्थ वृद्धाश्रम समितिको व्यवस्थापनले खाद्यान तथा अत्यावश्यकीय सामग्री सहयोगस्वरूप उपलब्ध गराएकोमा आभार व्यक्त गरेको छ । सबै क्षेत्रबाट यस्तै किसिमको साथ र सद्भाव प्राप्त भइरहे वृद्धाश्रममा बस्ने आमाबुवाहरूको बसाइ सहज र उनीहरूलाई खुसी मिल्ने अपेक्षा गरिएको छ ।