व्यापार घाटा कम गर्ने मौद्रिक नीति ल्याउन पूर्व गभर्नरहरूको सुझाव


नेपाल समाचारपत्र, काठमाडौं ।
मुुलुकको चुलि“दो व्यापार घाटा कम गर्ने गरी आगामी मौद्रिक नीति ल्याउनुपर्नेमा पूर्वगभर्नरहरुले नेपाल राष्ट्र बैंकलाई सुझाव दिनुभएका छन् । नेपाल राष्ट्र बैंकस“ग बिहीबार भएको मौद्रिक नीतिसम्बन्धी छलफलमा पूर्वगभर्नरहरुले यस्तो सुझाव दिनुभएका हुन् ।

व्यापार घाटा चुलि“दै गएको स्थितिमा त्यसको आकार कम गर्न र शोधनान्तर स्थितिलाई सन्तुलनमा राख्नका लागि स्थायी प्रकृतिको उच्चस्तरीय संरचना स्थापना गरी परिणाममुखी नतिजा निकाल्ने गरी काम गर्नुपर्ने पूर्वगभर्नरहरुले जोड दिएका थिए ।

छलफलमा प्रथम गभर्नर हिमालय शम्शेर जबरासहित पूर्वगभर्नरहरू डा. भेषबहादुर थापा, गणेशबहादुर थापा, डा. तिलक रावल, दीपेन्द्रपुरुष ढकाल र विजयनाथ भट्टराई सहभागी रहेका थिए ।

पूर्वगभर्नरहरूले अर्थ व्यवस्थाको आन्तरिक र बाह्य क्षेत्रको स्थायित्वका लागि आवश्यक उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिनुभयो ।

नेपालको बैंकिङ क्षेत्रलाई विश्व बजारमा उपस्थित गराउन सक्ने गरी पुनःसंरचना गर्नुपर्नेमा समेत पूर्वगभर्नरहरुको जोड रहेको छ ।
बैंक तथा वित्तीय संस्थाको मर्जरलाई प्रभावकारी बनाउन तथा दीर्घकालीन रूपमा समस्या ननिम्तिने हिसाबले नीति निर्माण गर्न राष्ट्र बैंकलाई पूर्वगभर्नरहरुको सुझाव छ ।

प्रवक्ता निरौलाका अनुसार अन्तर्राष्ट्रिय आर्थिक स्थिति तथा विकासक्रमलाई ध्यानमा राखी मौद्रिक नीति तर्जुमा गर्न पूर्वगभर्नरहरुले सुझाव दिनुभएका छन् । उनीहरुले वित्तीय सेवाको लागत घटाउन, वित्तीय सेवा प्रवाहमा गुणस्तर वृद्धि गर्न, वित्तीय उपभोक्ताको हित संरक्षण गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै सरकारको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यलाई सहयोग पुग्ने गरी कृषिलगायत अन्य प्राथमिकता प्राप्त क्षेत्रहरुमा वित्तीय स्रोत र साधनको लागि थप प्रवाह हुने गरी नीतिगत व्यवस्था मौद्रिक नीतिले गर्नुपर्नेमा पूर्वगभर्नरहरुको राष्ट्र बैंकलाई सुझाव छ ।