कारको ठक्करबाट स्कुटर चालक गुरुङको मृत्यु


काठमाडौं । काठमाडौंको लाजिम्पाटमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधबार राति नम्बर स्पष्टसँग नखुलेको रातो रंगको कारले बा ९३ प २०५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भिमबहादुर गुरुङको मृत्यु भएको हो । गाडीको ठक्करबाट घाइते भएका गुरुङको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको ठेगाना खुल्न बाँकी रहेको पनि प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटरको पछाडि बसेका स्याङजाका सन्तोष घर्तीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भैरहेको छ । ठक्कर दिएपछि भागेको कारको खोजी भैरहेको प्रहरीले जनाएको छ ।