क्वालिटी च्वाइस प्राइज-२०१९, नभिक अस्पताल सम्मानित


नेपाल समाचारपत्र, काठमाडाैं।

नर्भिक इन्टरनेशनल हस्पिटललाई जर्मनीस्थित बर्लिनमा एक विशिष्ट समारोहवीच ‘क्वालिटी च्वाइस प्राइज, २०१९’ बाट सम्मानीत गरिएको छ । गुणस्तर अनुसन्धानका लागि युरोपेली समाजद्वारा अस्पतालका प्रतिनिधिलाई जर्मनीको बर्लिनमा पुरस्कार प्रदान गरियो ।

यही असार २२ गते आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा नर्भिकलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

उक्त समारोहमा युरोप, एशिया, अमेरिका, अफ्रिका र अष्ट्रेलियामहादेशका गरी उत्कृष्ट ५५ विश्वव्यापीकम्पनीहरु, हस्पिटलहरु, जनप्रशासन तथा विविध क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघ–संस्थाहरुसमेत पुरस्कृत भएका थिए ।

नर्भिक इन्टरनेशनल हस्पिटलका लागि नर्भिकको अभिभावकीय– संस्था वि.एल.सी. होल्डिङ्गस् प्रा.लि. का कार्यकारी निर्देशक मनीष खेमकाले उक्त पुरस्कार ग्रहण गर्नुभएको थियो । पुरस्कार ग्रहण गर्नुपूर्व सोही दिनको बिहानी सत्रमा खेमकालाई विशेष वक्ताका रुपमा आमन्त्रण गरिएको थियो ।

उक्त समारोहमा आफ्नो मन्तव्य राख्दै खेमकाले नर्भिकले नेपाली चिकित्सा फाँटमा पु¥याएको योगदान, प्रविधि हस्तान्तरण, प्रगति लगायतका विविध विषयमा प्रकाश पारेको नर्भिकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विश्वभरका जनप्रशासनसम्बन्धी संस्था, कम्पनी, विश्वविद्यालय, संघ–संस्था, विशिष्ट व्यावसायिक व्यक्तित्व, प्रबुद्ध प्राज्ञिक व्यक्तित्व र गुणस्तर विज्ञहरुको समुपस्थितिमा खेमकालाई पुरस्कार प्रदान गरिएको थियो ।

गुणस्तरीय अनुसन्धानसम्बन्धी युरोपेली समाज स्वीटजरल्याण्डमा मुख्य कार्यालय रहेको एक युरोपेली संस्था हो । यसले गुणस्तरसम्बन्धी जनचेतनाको प्रवद्र्धन गर्ने, संसारभर व्यवसायका नैतिक अभ्यासलाई प्रवद्र्धन गर्ने, गुणस्तरीय व्यावसायिक अभ्यास गर्ने–गराउने, प्राविधिक नवीनता वा नविनीकरण थप्ने, व्यावसायिक कम्पनी तथा संघ–संस्थाका गुणस्तर सम्बन्धी उपलब्धिहरुलाई सम्मान गर्ने, जनप्रशासन सम्बन्धी संस्था र अन्य संघ–संस्थाका सफलतम् कार्य क्षमता कार्यकौशलता सम्बन्धी रणनीतिहरुको प्रचार–प्रसार एवम् प्रकाशन गराउने कार्य गर्दछ । यसका अन्य क्रियाकलापहरुमा आवश्यक मान्यता दिलाउने, सञ्जाल विस्तार गर्ने, मूल्यांकन गर्ने, तालीम, परामर्श तथा गुणस्तरसम्बन्धी कार्यहरुको अनुसन्धान गर्नेआदि रहेका छन् ।

समृद्ध इतिहाससहित राष्ट्रकै पहिलो आइ.एस.ओ. प्रमाणित नर्भिक एक बहु बैशिष्ट्रिय–बहुआयामिक र अग्रणी हस्पिटल रहँदै यसले नेपालीचिकित्सा फाँटमा उल्लेख्य योगदान पु¥याएको र नेपाली चिकित्साजगतलाई आधुनिकीकरण गर्न सहयोग पु¥याएकै कारण नर्भिकले हाल सम्मानित राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको विज्ञप्तिमा जनाइएको छ । अस्पतालले उत्कृष्ट क्षेत्रीय हस्पिटल अवार्ड (युरोपविजिनेश एसेम्वली, लण्डन १०१७), दिम्यानेजर अफदि–एयर अवार्ड, (सोक्रेटस नोमिनेसन कमिटी, अफ्सफोर्ड, २०१७), नेपालकै उत्कृष्ट रोजगारदाता ब्राण्ड अवार्ड २०१७÷०१८ आदि प्राप्त गरिसकेको छ ।