करेन्ट लागेर एकको मृत्यु, तीन घाइते


किरन धामी, दार्चुला ।
दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरका २३ वर्षीय रमेश विष्ट रहेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिनुभयो । विष्टलाई खानेपानीको पाइप जडान गर्दा ११ हजार भोल्टको करेन्ट लागेको उहाँले जानकारी दिनुभयो ।

करेन्ट लागेर विष्ट संगै पाइप जडान गर्न गएका सोही ठाउँका महेश विष्ट, विशेश्वर विष्ट र जगदिश भट्ट समेत घाइते भएको उहाले बताउनु भयो । बुधबार विहान ८ बजे तिर नगरपालिकाको वडा नम्बर ९ मा पर्ने बजघट भन्ने स्थानमा विष्ट लगायत अन्य तिन जनालाई ११ हजार भोल्टको करेन्ट लागेको उहाले बताउनु भयो । घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भैइरहेको उहाको भनाई छ ।

चमेलिया जलविद्युत आयोजनाको प्रसारण लाइनको हाइटेन्सनबाट ११ हजार भोल्टजको एक तार भुईमा खसेको तथा तारमा खानेपानीको पाइप अल्झिन पुग्दा मृतक विष्टलाई करेन्ट लागेको उहाले बताउनु भयो । करेन्ट लागेर विष्टको घट्ना स्थलमै मृत्यु भएको उहाले जानकारी दिनुभयो । मृतक विष्ट पलम्बिङको काम गर्ने पलम्बर हुन् । उनकाे आफन्तले लाश बुझन मानेका छैनन् ।

मृतक विष्टका पिडित परिवारले क्षतिपुर्ती तथा रोजगारीको ग्यारण्टी गरिनु पर्ने माग राखेका छन् । नेपाल विद्युत प्राधिकरण संग उनिहरुले क्षतिपुर्ती तथा आफुहरुलाई रोजगारीको ग्यारन्टी गर्न माग गरेका हुन् । पिडित परिवार संग छलफल तथा सहमती गर्न नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रबाट कर्मचारी पठाएको वितरण केन्द्र प्रमुख दयाराम शाहले बताउनु भयो । ‘विद्युत प्राधिकरणकै कमजोरीका कारण यस्तो घट्ना घट्न गएको हो, पिडितका परिवारले क्षतिपुर्ती पाउछन् उहाले भन्नुभयो ।’

साथै उहाले यो घट्नाले अचम्ममा पारेको बताउनु भएको छ । ११ हजार भोल्टको तार भुईमा खस्दा ब्रेकर आफै ट्रिप हुन्छ, यो टेक्निकल समस्या हो, दार्चुला वितरण केन्द्रका प्रमुख शाहले भन्नुभयो । घट्ना घटेको थाहा हुने वित्तिकै चमेलिया जलविद्युत आयोजनामा फोन गरेर लाइन काट्न लगाएको उहाले बताउनु भयो । हावाहुरी तथा रुखका हागाँहरु तारमा परे मात्रै तार खस्ने उहाले बताउनु भयो । करेन्ट लागेर मृत्यु भएका पिडित परिवारले ५ लाख क्षतिपुर्ती र १५ हजार किरिया खर्च पाउने उहाले बताउनुभयो । तार भुईमा के कति कारणले खसेको हो भन्ने बारे छानविन पछि मात्रै भन्न सकिने उहाले बताउनु भयो ।