आकस्मिक बाढीको सम्भावना, पूर्वतयारी र प्रतिकार्यमा जुट्न आग्रह


काठमाडौँ । आज प्रदेश १ ,२ र ३ को प्रायः जिल्ला भएर बहने साना नदीहरूमा आकस्मिक बाढीको संभावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार बिहान ७ बजेदेखि भोलि बिहान ७ बजेसम्मको पूर्वानुमान अनुसार आज प्रदेश १, २ र ३ को प्रायः साना र मझौला नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेको छ ।