दोहोरो गोली हानाहानमा विप्लव समूहका ओखलढुंगा इन्चार्ज मारिए

0
Shares

काठमाडौ । बिद्रोही नेकपा बिप्लव समुह र प्रहरीबीच भोजपुरको सदरमुकाममा गोली हानाहान हुदा एक प्रहरी र एक बिप्लव माओवादीका कार्यकर्ताको मृत्यु भएको छ । भिडन्तमा परी विप्लव समुहका ओखलढुंगा इन्चार्ज नीरकुमार राई प्रहरी जवान संन्जिव राइको मृत्यु भएको छ ।

गस्तीमा रहेका प्रहरी माथि बिप्लवका इन्र्चाज राईले प्रहरीमाथि गोली हानेपछि दोहोरो भिडन्त भएको थियो । प्रहरीका अनुसार मृत्यु हुने प्रहरी जवान सञ्जिव राइ माओवादी सरकारमा मन्त्री बनेका सुदन किरातीका बडिगार्ड भइसकेका थिए। बुधबार बिहान ८ बजेर ४५ मिनेटमा सादा पोसाकमा रहेका प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त भएको हो।