ओखलढुङ्गामा बस दुर्घटना हुँदा तीनको मृत्यु, १५ यात्रु घाइते


ओखलढुंगा। काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको बस ओखलढुङ्गामा बुधबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन् ।

काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस सिद्धिचरण राजमार्ग अन्तरर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ मा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दुुई जना पुरुष र एक जना महिला रहेका छन् ।

घाइतेमध्ये चार जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । बाँकी घाइतेलाइ उदयपुरको घुर्मीमा रहेको स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।

दुर्घटना बुधबार बिहान ३ बजेतिर भएको हो । चिप्लो बाटो भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।