बालिका बलात्कार गराउने महिला पक्राउ


नेस, सप्तरी ।
सप्तरी जिल्लामा एक १४ वर्षीया बालिकालाई बलात्कार गराउने महिलालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसनन गरिरहेको छ ।

घटना गत वुधवार भएको भए पनि ढिलै सार्वजनिक गरिएको प्रहरीले जनाएको छ । प्रहरी हिरासतमा रहेकी तिनै महिलाले महिलाले वालिकालाई फकाएर मजदुरीमा लगी जवर्जस्ती मदिरा खुवाएर बलात्कार गराएको पीडित परिवारले दावी गरेका छन् ।

जिल्लाको तिलाठि कोईलाडी गाउँपालिको एक विद्यालयको एक निर्माणाधिन भवनमा भएको उक्त घटनामा सोही विद्यालयका कार्यालय सहयोगी शिवशंकर मण्डल र एक मजदुर घटनामा संलग्न भएको जनाइएको छ ।

उनीहरू दुवै जना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । यद्यपि घटनाबारे जानकारी भए पनि बालिकाको तर्फबाट उजुरी नआएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक भावेश रिमालले बताउनुभयो ।