एभरेष्ट बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन


काठमाडौं (नेस)
एभरेष्ट बैंकले देशका विपन्न वर्गका नागरिकहरुलाई वित्तीय साक्षरता प्रदान गर्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कल्याणकारी गतिविधिहरु गर्दै आइरहेको छ ।

बैंकले धरान, सुनसरीका १० विद्यालयमा वित्तीय साक्षरता कक्षा सञ्चालन गर्न फिनलेट नेपालस“ग सहकार्य गरेको छ । फिनलेट नेपालले एभरेष्ट बैंकको वित्तीय साक्षरता अभियानमा समर्थन गर्नेछ । स्कुल बुक नामक पा“च महिना लामो वित्तीय साक्षरता कार्यक्रम विशेष रुपमा डिजाइन गरिएको छ । फिनलेट नेपालले देशका विभिन्न क्षेत्रमा वित्तीय शिक्षा कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकको संख्या १० लाखभन्दा बढी रहेको छ जुन बैंकिङ क्षेत्रमा नै सबैभन्दा उच्च हो । हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११९ एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।