नागरिक लगानी कोष कर्जा भुक्तानी अनलाइनमार्फत गर्न सकिने


काठमाडौं, (नेस)
नागरिक लगानी कोषको नागरिक लगानी कोष कर्मचारी बचत वृद्धि अवकाश कोषको कर्जा भुक्तानीलाई अनलाइन माध्यममार्फत सहजीकरण गराउन हिमालयन बैंकस“ग सम्झौता भई आईपीसीई पेमेन्ट प्रणालीबाट हुने भएको छ ।

उक्त सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट रमन नेपाल तथा हिमालयन बैंकका तर्फबाट एक्ज्युकेटिभ अपरेटिङ अफिसर मृगेन्द्र प्रधानले नेपाल क्लियरिङ हाउसका पदाधिकारीहरुको उपस्थितीमा हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात नागरिक लगानी कोषबाट नागरिक लगानी कोष कर्माचारी बचत वृद्धि अवकास कोषको कर्जा भुक्तानी अनलाइन माध्यम मार्फत गर्न सकिने छ ।