मोबाइल चार्ज गर्ने क्रममा एक किशोरको मृत्यु


हेटौंडा ।
मकवानपुरको मनहरि गाउँपालिका–६, रुपाचुरीमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । सोमबार राति करिब साढे ८ बजे मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर रुपाचुरीका १६ वर्षीय सञ्चलाल प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विद्युत लाइनमा मोबाइल चार्ज गर्ने क्रममा एक्कासी करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको हो । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट अवरुद्ध भएर विस्फोट भएको स्थानीयले बताएका छन् । प्रजाको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ ।