गेरूवा गाउँपालिका कार्यालयमा विप्लवले आगजनी गरायाे


बर्दिया ।
विप्लव समूहका कार्यकर्ताले गाँउपालिकाको कार्यलयमा आगजनी गरेका छन् । गयराति बर्दियाको गेरूवा गाउँपालिका वडा नं. ६ को कार्यालयमा विप्लव समूहका कार्यकर्ताहरूले आगजनी गरेका हुन् । आगजनी भएको सूचनापाए लगतै आगो नियन्त्रणका लागि प्रहरी घटनास्थल पुगेको थियो ।

आगो निभाउने क्रममा घरको छत खसेपछि नेपाल प्रहरीका प्रहरी निरिक्षक यम बहादुर मल्ल घाइते भएका छन् ।घाइते मल्लको उपचार बाँकेको नेपालगञ्जमा भइरहेको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ । आगजनीका कारण कार्यलयमा रहेका सम्पूर्ण कागजपत्र जलेर नष्ट भएको गाउँपालिकाका कर्मचारिले जानकारी दिए ।