मातृका यादवले किन अचानक छाडे मन्त्रिपरिषद बैठक ?


काठमाडाैं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव मन्त्रिपरिषद बैठक बीचैमा छाडेर हिंडेका छन् ।

सिंहदरबारमा बसेको बैठक चलिरहेका बेला यादव बाहिरिएका हुन् । यादवले मंगलबार मात्र पत्रकार सम्मेलन गरी भारतीय तरकारी र फलफूलको विषादी परीक्षण प्रकरणमा सरकारलाई सचिवहरुले फसाएको प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्री केपी ओली पनि मन्त्री यादवसँग सुरुदेखि नै रुष्ट छन् ।

यादवका स्वकीय सचिव सन्तोष विष्टले संसदमा जवाफ दिनुपर्ने र त्यसको तयारी गर्नुपर्ने भएकाले चाँडै बैठबकाट बाहिरिएको बताए । ‘उहाँले संसदमा जवाफ दिनुपर्ने भएकाले तयारीका लागि बाहिरिनुभएको हो’, विष्टले भने ।