२९ हजार डलरसहित पासाङ ग्याल्मो तामाङ पक्राउ


काठमाडौँ । काठमाडौंबाट हङकङ जान लागेका पासाङ ग्याल्मो तामाङ केहीबेर अधि त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन ।

ब्यागेजमा २९ हजार डलर लुकाएर लैजाँदै गरेका उनी आज पक्रउ परेका प्रहरीले न्यूज अफ नेपाललाई जानकारी दिएको छ ।

तामाङ नेपाल वायुसेवा निगमको आर ए ४०९ नम्बरको जहाजमा हङकङ जान लागेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।