ललितपुरको भैसेपाटी प्रभागबाट थुनुवा फरार


काठमाडौं । ललितपुर स्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीनजना थुनुवा फरार भएका छन् ।

ललितपुर प्रहरी स्रोतका अनुसार शमसेर माझी, रुद्रलाल श्रेष्ठ र रवि कुमार तिमल्सिना हिरासतबाट प्रहरीको आँखा छलेर भागेको थिए ।

चोरी मुद्धामा पक्राउ परेका थुनुवा भागेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख (एसएसपी) रविन्द्र धानुकले सनराइज खबरसँग पुष्टी गरे ।

उनीहरुको खोजी भइरहेको एसएसपी धानुकले जानकारी दिए । उनीहरु कसरी भाग्‍न सफल भए भन्‍ने बारेमा पनि छानविन सुरु भएकाे छ ।