बाल बलात्कारी श्रृंखलावद्ध अपराधीभएको खुलासा


 

नयाँदिल्ली,(एजेन्सी)
भारतको जयपुरमा सात वर्षिया बालिकाको बलात्कार गरेको अभियोगमा पक्राउ परेका एकजना ३५ वर्षिय पुरुषले आफूले अन्य ३५ जना बालबालिका र लगायत ४० जना वयष्क पुरुषलाई समलिंगीको बलात्कार शिकार बनाएको तथ्य स्विकारेको प्रहरीले जनाएको छ ।

नाम नखुलाइएकी ति सात वर्षिया बालिकमाथि जयपुरको शास्त्रीनगरमा गत सोमबार बलात्कार भएको थियो । थप अनुसन्धानको क्रममा सोही व्यक्तिले त्यही बस्ने अर्को चार वर्षिया बालिकामाथि पनि बलात्कार गरेको खुलासा भएको छ ।

जयपुर नगर प्रहरी आयुक्त आनन्द श्रीवास्तवले गत बिहिबार पक्राउ गरिएका तथा परिचय नखुलाइएका ती व्यक्तिलाई ‘यौन शिकारी’ को संज्ञा दिएका छन् ।
महिला भन्दा पुरुष प्रति बढि झुकाव भएका ती आरोपीले दिनहुँ जस्तो आफ्नो शिकारको खोजी गर्ने गरेको पनि अनुसनधानबाट खुलेको छ ।

सिसिटीभी फुटेजमा उनको फोटो राम्रोसँग नदेखिएपनि बालिका वलात्कारका दुवै घटनामा एउटै वाइक प्रयोग भएको आधारमा उनी पक्राउमा परेको प्रहरीले जनाएको छ । बालबालिकालाई अपहरण गर्न प्रयोग गरेको मोटरसाइकलमा उनले रजिस्ट्रेशन नक्कली नम्बर राखेका थिए ।

केहि वर्ष अघि भारतको राजधानी नयाँदिल्लीमै गुडिरहेको एउटा बसमा एक छात्राको सामुहिक वलात्कार पछि हत्या भएके थियो । सो काण्डलाई लिएर राष्ट्रव्यापि जनआक्रोस फैलिनुका साथै विभिन्न शहरमा विरोध प्रदर्शनको आयोजना गरिएको थियो । त्यसपछि व्यापक जन दवावको कारण ततकालिन सरकारले वलात्कारी विरुद्ध मृत्युदण्डको व्यवस्था गरेको थियो ।