दक्षिण कोरियाली नागरिक उत्तर कोरिया पलायन


सोल,(एजेन्सी )
विगतमा प्रायशः उत्तर कोरियाका जनता मात्र त्यहाँको सरकारको शासन व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै ज्यानै बाजीमा राखेर दक्षिण कोरिया तर्फ भाग्ने गरेको खवरहरु सार्वजनिक हुने गर्थे । तर उत्तर कोरियाली सरकारी समाचार निकाय केसिएनएले एकजना उच्चपदस्थ दक्षिण कोरियाली अधिकारीले सर्वोच्च नेता किम जों उनको नेतृत्वमा रहेको कम्युनिस्ट मुलुक उत्तर कोरियामा शरण लिन आइपुगेको जानकारी सोमवार दिएको छ ।

यसरी उत्तर कोरिया आइपुग्ने चोय इन गुक असीको दशकमा उत्तरमा भाग्ने दुईजना उच्च स्तरिय कुटनीतिज्ञका पुत्र हुन् । उत्तर कोरियाली सरकारी अधिकारीहरुका अनुसार उनी अबदेखि उत्तरमै बस्ने र उनले कोरियाली एकिकरण मामिलामा काम गर्नेछन् ।

सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध बिना कुनै शान्ति सम्झौतामा हस्ताक्षर नभई युद्धविराम घोषणामै टुंगिएकाले प्राविधिक रुपमा उत्तर र दक्षिण कोरिया अझै युद्धरत रहेको मानिन्छ । त्यसैले दक्षिण कोरियालीहरुलाई उत्तरमा जान अनुमतिका ेआवश्यकता रहेको छ ।

दक्षिण कोरियाली एकिकरण मन्त्रालयले चोयले उत्तरमा जान अनुमति नमागेको तथ्य पुष्टि गरेको छ । दक्षिण कोरियाली राजधानी सोल स्थित एनके न्युजको न्युज साइटका विशेषज्ञ ओलिभर हाथ्यामले विविसिलाई बताएका छन् , ‘ उनले किन यसरी अचानक दक्षिण कोरिया छाडे भन्ने स्पष्ट हुन सकेको छैन । तर चीनको बाटो हुँदै उत्तर कोरिया पुग्नलाई प्योंगयांगको सहयोग स समर्थन चाहिने स्पष्ट छ । ’

तर राजीतिक विशेषज्ञहरुका अनुसार सोलको प्रचलित कानुन अनुसार उत्तर तर्फ जानु अघि अनुमित लिनुपर्ने कानुन उल्लंघन गरे वापत कुनै पनिबेला स्वदेश फर्कदा चोयलाई गिरफतार गरिने छ । ७३ वर्षिय दक्षिण कोरियाली नागरिक चोयको निजी र राजनीतिक जीवनबारे विस्तृत विवरण थाहा हुन सकेको छैन ।
दक्षिणमा उनका पत्नी र एक पुत्री रहेका छन् । उनलाई उत्तर कोरियाली अधिकारीहरले स्वागत गरेको पनि बुझिएको छ । उत्तर कोरियाली प्रोपोगान्डा वेवसाइट उरीमिन्जोक्कीरीमा उनको भनाई यसरी राखिएको छ , ‘ मेरा माता पिताको इच्छालाई जोगाउँदै मलाई कृतज्ञ बनाउन सफल मुलुकमा खुशीका साथ सँधैका लागि बस्ने पथ अँगालेको हुँ । ’

दक्षिण कोरियाली न्युज आउटलेटहरुले चायलाई संधैभरि राष्ट्रघातीहरुका सन्तान भनी घोचपेच हुने गरेकाले उनको जीवन दक्षिणमा सहज नरहेको जनाएको छ । चोयले पछकपटक जागिर फर्नेु परेको र सन् २०१६ मा निधन भएकी आमाले उत्तर कोरियाबाट पठाएको पैसाले जीवन निर्वाह गर्नु परेको पनि बताइएको छ ।

उत्तर कोरियालाई आणविक सहमतिमा ल्याई कोरियाली प्रायद्धिपलाई आणविक सन्त्रामुक्त बनाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलको क्रममा अहिले उत्तर र दक्षिण कोरिया पनि नजिकिएका छन् ।
केहि समय अघि मात्र डोनाल्ड ट्रम्पले किम जोंग उनलाई उत्तर र दक्षिण कोरिया सिमा बिच भेटघाट गर्दा दक्षिण कोरियाली राष्ट्रपति मून जाय इनको पनि उपस्थिती रहेको थियो ।

त्यसअघि ट्रम्पले किमलाई सिंगापुर र भियतनामको हनोईमा पनि भेटघाट गरेका थिए । यद्यपि हनोइ वार्ता असफल हुन पुगेको थियो ।