एजुकेशन कर्नर


बनहार्टको १९ वर्षे यात्रा


‘उच्च शिक्षाको अभिलाशा बोकेर विद्यालयको ढोकाबाट भित्रिने हरेक विद्यार्थी सक्षम हुनुपर्छ र विद्यालयले विद्यार्थीलाई सक्षम बनाउनु नै पर्छ भन्ने आफ्नै मूल आदर्शलाई बर्नहार्टले सदैव उच्च प्राथमिकतामा राखेको छ । “ नेपालको शैक्षिक अभ्यास र विकासमा सार्थक परिणाम भित्र्याउन सफल यस काठमाडौँ बर्नहार्टले १९ वर्षको यात्रा पुरा गरिसकेको छ ।

बर्नहार्ट एजुकेसन फाउन्डेसन अन्तर्गत संचालित यस शैक्षिक संस्थासंग विगतका सुन्दर परिणामहरू मात्रै छैनन् भविष्यका लागि प्रभावकारी योजना र अभियानहरू पनि छन् ्र उच्च शिक्षा अध्ययन गर्न आउने हरेक विद्यार्थीसंग उसका निजी सपना र आकांक्षामात्र हुँदैनन्, परिवार समाज र सिंगो राष्ट्रको सपना समेत सम्मिलित हुन्छ । यो यथार्थलाई बर्नहार्टले प्रभावकारी शिक्षण, समय(सापेक्ष प्रविधि तथा ज्ञानको प्रयोग मार्फत सम्बोधन गरिरहेको छ ।

समयको माग र आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ स्थापित बर्नहार्टले सहज र सुलभरूपमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।
काठमाडौँको बल्खुस्थित रिंगरोडसंगै रहेको बर्नहार्टमा ं२ अन्तर्गत व्यवस्थापन, बिज्ञान र मानविकी संकायको अध्ययन अध्यापन हुँदै आएको छ भने स्नातक तर्फ बिबिएस, बिएएसडब्ल्यु, बिसिए, बिबिएम, बिएस्सीसिएसआइटी तथा स्नात्तोकत्तर तर्फ नेपाल अधिराज्य भरिका एमबिएस पढाई हुने कलेजहरूमा दोश्रो स्थान (२०७६) ल्याउन सफल भएको बाट नै बर्नहार्टको यथार्थ चित्रण देखिन्छ ।

विभिन्न ंयोजना सहित संचालन हुने चुस्त व्यवस्थापनले नै हरेक शैक्षिक संस्थाको भविष्यलाई उच्च बनाउन सक्छ । परिवर्तित समयले निम्त्याउने विभिन्न समस्या र समयको मागलाई सम्बोधन गर्न सकेन भने आशातित लक्ष्यहरू प्राप्त गर्न सक्दैन भन्ने गाम्भीर्यतालाई बर्नहार्ट प्रशासनले राम्रो संग बुझेको छ , जसको फलस्वरुप कलेज स्थापना देखि हालसम्म एउटै प्रशासन र संचालकहरूको सक्रियतामा बर्नहार्ट क्रियाशील हुनु यो संस्थाको अर्को महत्वपूर्ण विशेषता हो ।

त्यसै गरि यो संस्थाको अर्को महत्वपूर्ण विशेषता भनेको पूर्व प्राथमिक तहमा भर्ना भै आफ्नो अध्ययन शुरु गर्ने कुनै पनि बिद्यार्थीले स्नातकोत्तर सम्मको पढाई बर्नहार्ट अन्तर्गत नै रहि अध्ययन गर्न सक्नु हो । विश्व बजारमा शिक्षाको प्रभावकारीतालाई प्राथमिकता दिनका निमित्त कितावी अध्ययनका साथ साथै व्यवहारिक ज्ञान समेत विद्यार्थीहरूले प्राप्त गरून भन्नका लागि यस बर्नहार्टले आधुनिक शैक्षिक प्रविधि र प्रयोगहरू गर्ने गरेको छ ्र यस अन्तर्गत बिध्यालय मै गराईने विषयगत प्रयोग वाहेक फिल्ड भिजिटका साथै होटेल म्यानेजमेन्टका व्यवहारिक तालिम समेत उपलब्ध गराउंदै आईरहेको छ ।

स्कूलतहमा प्रतिभावान रही सकेका बिद्यार्थीहरूलाई थप परिस्कृत र क्षमताशील बनाउने तथा मध्यम र कमजोर भनिने बिद्यार्थीहरूलाई उत्कृष्ट बनाउनु नै बर्नहार्टको थप अर्को महत्वपूर्ण विशेषता हो । उच्च शिक्षाको अभिलाषा बोकेर बिद्यालयको ढोकाबाट भित्रिने हरेक बिद्यार्थी सक्षम हुनु पर्छ र बिद्यालयले बिद्यार्थीलाई सक्षम बनाउनु नै पर्छ भन्ने आफ्नै मूल आदर्शलाई बर्नहार्टले सदैव उच्च प्राथमिकतामा राखेको छ । बिद्यार्थीहरूको विषयगत ज्ञानलाई थप फराकिलो बनाउन अतिरिक्त ज्ञान र सिप सिकाउनका निमित्त हरतरफले बर्नहार्ट प्रशासन लागि परिरहने यथार्थलाई आत्मसात गरेको हुनाले नै बर्नहार्टका बिद्यार्थीहरूमा केहि नयाँ गरौं भन्ने मनोकांक्षाको स्तर उच्च रहेको छ ।

विद्यार्थीलाई पढाईका अतिरिक्त विभिन्न क्रियाकलापमा प्रेरित गर्नका लागि विभिन्न खेलकुद र मनोरंजनमा पनि बिद्यार्थीहरूलाई भाग लिनका लागि विभिन्न क्रियाकलापहरूको आयोजना गर्ने गरेको छ ्र हरेक वर्ष औसत ९० प्रतिशत नतिजा ल्याउन सफल भए संगै, यहाँका बिद्यार्थीहरूले मेडिकल, ईन्जीनियरिंग तथा वाणिज्यका अन्य थुप्रै पेशागत क्षेत्रमा पनि सफलता हाँसिल गरेका छन् ।

औसत परिणाम भएका बिद्यार्थी लिएर तिनै बिद्यार्थीहरूलाई प्रभावकारी ढंगले पठन पाठन गराएर उत्कृष्ट नतिजा निकाल्न सफल जादुमयी लट्ठी बर्नहार्टमा प्रशासनमा छ भन्दा कुनै गल्ति नहुने बर्नहार्टले हाम्रै अगाडी समय समयमा प्रमाणित गर्दै आइरहेको छ । शान्त वातावरण भएका कक्षा कोठाहरू, शिक्षक शिक्षिकाको आत्मीय सहयोग, विभिन्न सन्दर्भश्रोतका साथ, अडियो भिडियो तथा प्रोजेक्टरको उच्च प्रयोग गरि पठन पाठन गराइने यस बर्नहार्टले उत्कृष्ट, जेहेन्दार र दूर्गमका बिद्यार्थीहरूलाई छात्रवृति समेत उपलब्ध गराउंदै आइरहेको छ ।

शिक्षण पेशासंग आवद्ध रही शिक्षामा नै समर्पित र शिक्षालाई नजिकबाट बुझेका शिक्षाविदहरूको प्रतक्ष्य निगरानी, शिक्षामा पूर्ण समर्पित शिक्षक शिक्षिकाहरूको समूह र उच्च सहयोगी भावना भएका प्रशासनका सदस्यहरूका कारणले नै होला विगत १९ वर्ष देखि बर्नहार्ट संधै उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ ।

आईएसओ सर्टिफाइड साउथ वेस्टर्न स्टेट कलेज

शिक्षा क्षेत्रका प्रबुद्ध व्यक्ति, अनुसन्धानकर्ता साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका उत्कृष्ट व्यक्तित्वहरुको समुहद्धारा स्थापना र सञ्चालन भइरहेको साउथ वेस्टर्न स्टेट कलेज गुणस्तरिय एवम् अन्तराष्ट्रिय स्तरको व्यवहारिक शिक्षा प्रदान गर्ने उदेश्यका साथ अघि बढिरहेको छ । आईएसओ बाट सर्टिफाइड यस कलेजमा प्लस टु तहमा विज्ञान, व्यवस्थापन तथा मानविकी विषय सञ्चालित छन ।
विद्यार्थीलाई आफु, परिवार, समाज र राष्ट्र हुँदै अन्तराष्ट्रिय स्तर सम्म नै जिम्मेवार र प्रभावकारी भुमिका निर्वाह गर्न सक्ने ढंगको शिक्षण पद्धती लाई आत्मसात गर्दै शैक्षिक यात्रामा रहेको यो कलेज शैक्षिक गुणस्तर र उत्कृष्टताको होडमा निकै अगाडी रहेको छ ।


डा. राजेन्द्र के सी
क्याम्पस प्रमुख (साउथवेस्टन स्टेट कलेज बसुन्धरा, काठमाण्डौ)

आजका विधार्थीलाई अध्ययन पश्चात जागिरका लागि योग्य बनाउने मात्रै नभइ स्वरोजगार भई अरुलाई जागिर दिन सक्ने बनाउनु आजको आवश्यकता रहेको क्याम्पस चिफ डा. राजेन्द्र के.सी. बताउनुहुन्छ । साउथ वेस्टर्न स्टेट कलेज सदैव विद्यार्थीको सफल भविष्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने उहाँको भनाई रहेको छ ।

उत्कृष्ट शिक्षण समुह, सुविधासम्पन्न कक्षाकोठा, पर्याप्त भौतिक सुविधा लगायत विधार्थीको सर्वाङ्गिण विकासका लागि आवश्यकिय सम्पुर्ण कुराको उचित व्यवस्थापनले आज साउथ वेस्टर्न स्टेट कलेज हजारौँ विद्यार्थीको सफल र सुरक्षित भविष्यको मार्गदर्शक बनिरहेको छ ।