सिप्रदीको ५१औं सर्भिस सेन्टर ग्वार्कोमा खुल्यो


काठमाडौं, (नेस)
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्वार्कोमा ५१औं सर्भिस सेन्टरको स्थापना गरेको छ । जयदेव ट्रेडिङ प्रालि सिप्रदीको ११औं आधिकारिक सर्भिस सेन्टर हो । सिप्रदी कम्पनीका चिफ अफरेटिङ अफिसर (सीओओ राजेशप्रसाद गिरी तथा जयदेव प्रालिका सञ्चालक जयप्रकाश चौधरीको उपस्थितिमा सिप्रदी कम्पनीका निर्देशक शम्भुप्रसाद दाहालले उक्त सर्भिस सेन्टरको उद्घाटन गर्नुभयो ।

उक्त अवसरमा बोल्दै दाहालले भन्नुभयो–‘सन् १९८२ मा स्थापना भएदेखि नै सिप्रदीले उत्कृष्ट सर्भिस सेन्टरमार्फत् ग्राहकलाई सेवा प्रदान गर्नमा प्रतिबद्ध रह“दै आएको छ । हाम्रो सर्भिस टिमले २४सैं घण्टा सेवा प्रदान गर्छ ।’

सिप्रदी कम्पनीका चिफ अफरेटिङ अफिसर राजेशप्रसाद गिरीले सर्भिस सेन्टरबाट प्रदान गरिने सेवालाई ग्राहकको अधिकार भएकोबारे जोड दि“दै भन्नुभयो–‘कुनै ग्राहकले टाटाका उत्पादन किन्छ भने उसले सेवा प्राप्त गर्ने अधिकार पनि स“गै प्राप्त गर्दछ र ती सेवाहरू प्रदान गर्ने कम्पनीको दायित्व हो, र सिप्रदीमा हामी यो सुनिश्चित गर्दछौं कि हाम्रा ग्राहकहरुले सो अधिकार प्राप्त गर्नु हुन्छ। हाम्रा सेवा र ५१औं सर्भिस सेन्टरले हाम्रो यो प्रतिबद्धता देखाउ“छ ।’