वल्र्डलिंकको अन्तर कलेज मार्केटिङ एक्सिलेन्स प्रतियोगिता सम्पन्न


काठमाडौं, (नेस)
इन्टरनेट सेवाप्रदायक वल्र्डलिंक कम्युनिकेसन्स्ले युवा विद्यार्थीमाझ रहेको सेल्स र मार्केटिङ सम्बन्धी ज्ञान, सीप र क्षमतालाई उजागर गर्ने प्रमुख लक्ष्यका साथ आयोजना गरेको मार्केटिङ एक्सिलेन्स प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा उपत्यका र उपत्यका बाहिरका २० वटा कलेजका स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका थिए ।

सहभागी विद्यार्थीलाई सेल्स र मार्केटिङ लगायत विविध क्षेत्रमा ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नको लागि मार्गदर्शकको भूमिका निर्वाह कम्पनीले गरेको थियो । विद्यार्थीले अन्तरक्रियात्मक कार्यक्रमको माध्यमबाट व्यवसायको बारेमा सिक्ने र सफलताका कथामार्पmत आपूmमा प्रेरणा जागृत गराउने अवसर पाएका थिए ।

प्रतियोगीले प्रतियोगिता अवधिभर सेल्स र मार्केटिङ रणनीति निर्माण गर्नको लागि विभिन्न समयमा दूरसञ्चार एवम् आइटी कम्पनीको भ्रमण गरेका थिए । उक्त अध्ययन अनुसन्धानबाट आएको निष्कर्षलाई प्रतियोगीहरुले आफ्नो प्रोजेक्टको रुपमा प्रस्तुत गर्नुपर्ने प्रमुख कार्य रहेको थियो ।

यस प्रतियोगितामार्पmत विद्यार्थीले सेल्स र मार्केटिङको क्षेत्रमा केही सिक्ने र सिकेका कुराबाट रणनीति निर्माण गर्न सक्षम बन्ने अवसर प्राप्त गरेका थिए ।
उक्त प्रतियोगिताको बिजेता एस इन्टरनेसनल बिजनेस स्कूल भएको छ । कलेजले प्रथम पुरस्कार स्वरुप २ लाख ५० हजार नगद प्राप्त गरेको छ ।

त्यस्तैगरी जेनिथ इन्टरनेशनल कलेज र नेपाल कर्मस क्याम्पसले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए । उनीहरुले क्रमशः एक लाख र ७५ हजार रुपिया“ पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा दिलीप अग्रवाल, बिन्दुनाथ लोहनी र प्रदीपराज पाण्डेको सहभागिता रहेको थियो ।