इरानले युरेनियम प्रशोधन सीमा तोड्यो


तेहरान,( एजेनसी)
इरानले आइतवार अब आफुले सन् २०१५ को विश्वका शक्ति राष्ट्रहरुसंग भएको ऐतिहासिक आणविक समझौता उल्लंघन गर्ने क्रममा युरेनियम प्रशोधनको सिमा तोड्न लागेको जनाएको छ । इरानका उप विदेशमन्त्री अव्वास अराक्सीले इरान अझै पनि उक्त सम्झौता जोगाउन इच्छुक रहेको बताउँदै युरोपेली राष्ट्रहरु आफ्ना प्रतिवद्धतालाई जिवित राख्न असफल रहेको आरोप लगाएका छन् ।

सन् २०१८ मा नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले सो समझोताबाट अलगिने एकपक्षिय निर्णय लिएको घोषणा गरेका थिए । सा ेघोषणा यता अमेरिकाले इरान माथि पटक पटक थप आर्थिक नाकावन्दि लगाइसकेको छ । इरानको यो औपचारिक घोषणा सो सम्झौताको पछिल्लो उल्लंघन भएको छ । यसअघि गत मेमा इरानले आफुले प्रशोधित युरेनियमको उत्पादन परिमाण बढाउने घोषणा गरेको थियो ।

युरेनियम आणविक भटिको लागि इन्धनको रुपमा र आणविक हातहतियार निर्माणमा प्रयोग हुने गर्दछ । इरानले यस अघि नै सम्झौतामा उल्लेखित बुँदा विरुद्ध तोकिएको भन्दा बढि परिमाणमा युरेनियम भण्डार गरि सकेको छ । तर अझै पनि इरानले आफ्नो आणविक हातहतियार निर्माण गर्ने कुनै पनि योजना नरेहेको अडान लिँदै आएके छ ।

अमेरिका सम्झोताबाट अलगिएक ैदिन इरानले सो सम्झौतामा हस्ताक्षर गरेका अन्य मुुलुकहरुलाई आफुलाई अमेरिकाको नाकावन्दिबाट जागाइदिन साठी दिने म्याद दिएको थियो । सो सम्झोतामा अमेरिका लगायत चीन , रसिया , फ्रान्स , जर्मनी र वेलायतले हस्ताक्षर गरेका थिए ।

सो म्याद सकिएपछि आइत्वार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अराक्सीले आफ्नो बुसेर आणविक भटीका लागि इन्धन उपलब्ध गराउन केहि घन्टा भित्रै युरेनियम प्रशोधनको कन्सिन्ट्रेसनलाई ३ दशमलव ७ प्रतिशत माथि लाने बताएक छन् ।