तनहुँ हाइड्रोको बाँध बनाउन चार कम्पनीद्वारा बोलपत्र पेस


नेपाल समाचारपत्र, काठमाडौं
तनहु“ जलविद्युत आयोजनाकोे बा“धलगायतका पहिलो प्याकेजका संरचना निर्माणका चार वटा कम्पनीले बोलपत्र पेस गरेका छन् । आयोजनाको प्रवद्र्धक तनहु“ हाइड्रोपावरले बोलपत्र पेस गर्न दिएको अन्तिम दिन आइतबार चार कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र पेस गरेका हुन् ।

दातृ निकाय एसियाली विकास बैक (एडीबी) को खरिद निर्देशिका अनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो ।

बोलपत्र पेस गर्ने कम्पनीमा चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड चाइना, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड चाइना, चाइना नेसनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र सोङ डा कर्पोरेसन भियतनाम÷कालिका कन्ट्रक्सन,नेपाल जेभ ीरहेका छन् ।

कम्पनीहरुले पेस गरेको प्राविधिक बोलपत्रकोे मूल्याङकन गरी प्रभावग्राही कम्पनीको मात्रै वित्तीय प्रस्ताव खोलिने तनहु“ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले बताउनुभयो । ‘प्राविधिक बोलपत्रको मूल्याङकन आगामी भदौको दोस्रो साता सम्पन्न गरी सहमतिका लागि एडीबीमा पठाउ“छौं, एडीबीबाट सहमति आएपछि वित्तीय प्रस्ताव खोल्नेछौं,’ उहा“ले भन्नुभयो । ‘कात्तिकको दोस्रो साताभित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साताभित्रमा आयोजनास्थलमा निर्माण व्यववसायी कम्पनी परिचालन गर्ने लक्ष्य रहेको छ ।’

पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सीएमसीस“ग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहु“ हाइड्रोपावरले गत १२ वैशाखमा पुनः अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको थियो । शुरुमा बोलपत्र पेस गर्ने अन्तिम दिन जेठ २६ गते तोकिएकोमा बोलपत्र पेस गर्न इच्छुक कम्पनीले समय थप गर्न माग गरेपछि २८ दिन थप गरिएको थियो ।

निर्माण कम्पनीले आयोजनाको १४० मिटर अग्लो कंक्रिट बा“ध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बा“धलगायतका संरचना निर्माण गर्नुपर्ने छ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकाय एसियाली विकास बैक (एडीबी) र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुने छ ।

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्र्ने चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनस्थलमा काम गरिरहेको छ । सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवास गृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्वेक्षण, डिजाइन र निर्माण गरिरहेको छ ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीस“ग ठेक्का सम्झौता भइसकेको छ । आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ ।

यसमध्ये एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, इआईबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणले ८ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । आयोजना २०८१ पूरा गर्ने लक्ष्य रहेको छ ।