पहिरो जाँदा ढुङ्गाले लागेर एक दम्पती घाईते

0
Shares

चिरञ्जीवी मास्के, दोलखा । भीर माथिबाट गएको पहिरोले लागेर दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर ८ छेसाखारेमा एक दम्पती घाईते भएका छन् ।

शनिवार घर नजिक सल्ले नयाँखर्क भीरमा घाँस काट्न गएका ५६ बर्षिय धनबहादुर मगर र उनको श्रीमती ५० बर्षिय गोरीमाया मगर भीर माथिबाट खसेको पहिरोबाट उच्छिटिको ढुङ्गाले लागेर गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताए ।

घाईते मगर दम्पतीलाई गौरीशङ्कर इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले उद्दार गरेको थियो । घाईते दुबै जनालाई टाउको लगायतका भागमा चोट लागेर बोल्न नसक्ने भएको उनीहरुको उपचार सदरमुकाम चरिकोटमा भै रहेको प्रहरीले जनाएको छ ।