आमाहरुको घर-घरमै पुर्याइयो पोषिलो खानेकुरा

0
Shares

धनवीर दाहाल,रुकुम । सुनौलो हजार दिनका आमाहरुलाई पोषण प्रर्बद्धनका लागी रुकुमका स्थानीय तहहरुले पोषणयुक्त खानेकुरा घरघरै पुर्याउन थालेका छन् । नेपाल सरकारको बहुक्षेत्रिय पोषण योजनाले स्थानीय तहहरुमा सुत्केरी आमाहरुलाई पोषणयुक्त खानेकुराहरु प्रदान गरेको हो । सुत्केरी आमा र बच्चाको पोषण प्रर्बद्धन गर्न यस्तो कार्यक्रम संचालन गरिएको पोषण सहजकर्ता सरस्वती चनाराले बताउनुभयो ।

वालवालिकाको मानसिक तथा संबेगानात्मक विकासका लागी पोषणयुक्त खानेकुरा आमालाई नै खुवाउने गरिएको छ । सुनौलो हजार दिनका आमाहरुलाई दाल, गेडागुडी, फलफुल, चामल, तेल,अण्डा लगाएतका पोषणयुक्त खानेकुरा प्रदान  गरिएको छ । रुकुम पुर्व र रुकुम पश्चिमका सबै स्थानीय तहहरुमा यसरी सुनौलो हजार दिनका आमाहरुलाई पोषीलो झोला बितरण गरिएको बहुक्षेत्रिय पोषण अधिकृत महेन्द्र घिमिरेले जानकारी दिनुभयो । हरेक स्थानीय तहहरुमा स्थानीय सहजकर्ता मार्फत घर घरमा पोषणयुक्त खानेकुरा प्रदान गरिएपछि स्थानीयहरु खुसी छन् ।