तिन वर्ष भित्र रुकुम पश्चिमलाई भैंसी स्रोत केन्द्र बनाइने

0
Shares

धनवीर दाहाल,रुकुम । ३ बर्ष भित्र रुकुमलाई भैंसी स्रोत केन्द्र बनाउने उद्धेश्यका साथ सहकारी र समुह मार्फत सामुहिक भैंसी पालन व्यवसाय सुरु गरिएको छ ।

कर्णाली प्रदेश सरकार भुमि व्यवस्था तथा सहकारी मन्त्रालयले रुकुम पश्चिमका सहकारी संस्था तथा समुहहरुलाई सामुहिक भैंसी पालन व्यवसायमा लगाएको हो । कृषि ज्ञान केन्द्र र पशु सेवा बिज्ञ केन्द्रको सहयोगमा रुकुम पश्चिमका १० वटा सहकारी संस्था तथा समुह मार्फत स्थानीयले सामुहिक भैंसीपालन व्यवसाय सुरु गरेका हुन् ।

भैंसी स्रोत केन्द्रका साथै दुध र मासुबाट पनि स्थानीयलाई फाइदा हुने बिश्वासका साथ सामुहिक भैंसी पालन व्यवसाय सुरु गरिएको कामी बुढा जनसहकारी संस्थाका अध्यक्ष शसिराम पुनले बताउनुभयो ।

मुसिकोट नगरपालिकामा २ वटा सहकारी, २ वटा समुह र २ वटा फार्मले तथा बाँफिकोट गाँउपालिकाका २ वटा सहकारी र २ वटा फार्मले सामुहिक भैंसीपालन व्यवसाय गर्दैछन् । जिल्लामा दुग्ध संकलन केन्द्र स्थापना भएकोले दुग्धजन्य प्रदार्थको उत्पादन जिल्लामै गरिने पशु सेवा बिज्ञ केन्द्र रुकुम पश्चिमले जनाएको छ ।