घ्यु उद्योगमा आगलागी, १४ घण्टासम्ममा पनि आगो नियन्त्रणमा आएन

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्ज महानगरपालिका २१ परवानीपुरमा रहेको सुशील वनस्पति घ्यु उद्योगमा भीषण आगलागी भएको छ।

शनिबार बिहान करिब दुईबजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास भइरहे पनि यो समाचार तया पार्दासम्म करिब ४ः३० बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन।

उद्योगमा लागेको आगो निभाउन लागि पाँचवटा वारुण यन्त्रको सहयोगमा अग्नि नियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेका पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले जानकारी दिनुभयो । आगो नियन्त्रणका लागि वीरगन्ज महानगरपालिका, पोखरीया नगरपालिका, जितपुर सिमरा र कलैया उपमहानगरपालिका र नेपाल आयल निगमको अमलेखगन्ज डिपोको गरी पाँच वटा वारुण यन्त्रले प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।

आगो निभाउनका लागि नेपाल प्रहरीका ५२ जना, सशस्त्र प्रहरीका ३५ जना र नेपाली सेनाका २२ जना परिचालन भएको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए। विद्युत सर्किट सर्ट भएर उद्योगमा आगो लागेको प्रारम्भिक अनुमान गरिएको प्रजिअ भटटराईको भनाई छ ।

प्रजिअ भटटराईले आगो उद्योग बाहिर पनि फैलनसक्ने जोखिम भएकाले उद्योग आसपास घर भएका स्थानयीलाई सतर्क रहन आह्वान गरिएको बताउनुभयो ।