नहरमा पानी नछोड्दा सर्लाहीमा धान रोपाई प्रभावित

0
Shares

पुष्पा थापा, सर्लाही । बागमती सिचाईं आयोजनाले नहरमा पानी नछोडेपछि सर्लाहीमा धान रोपाई प्रभावित भएको छ। आयोजनाको चरम लापर्बाहीको कारण असारको अन्तिम साता बितिसक्दा पनि सर्लाहीका किसानले अहिलेसम्म रोपाईं गर्न पाएका छैन्न।

बागमती सिचाईं आयोजनाले मुल नहर र ड्याममा मर्मतको काम काम भइरहेकाले पानी छोडन नसकिएको आयोजाना प्रमुख विनयकुमार गामीले जानकारी दिनुभयो। अहिले मर्मतको काम अन्तिम चरणमा पुगेकाले अबको दुइ दिनमा नहरमा पानी छोडने र नदीमा पानी सतह कम भएकाले पालैपालो गरी पानीको व्यवस्था गर्ने आयोजना प्रमुखको भनाइ छ ।

यसरी आयोजनाले समयमानै नहरमा पानी नछोडदा किसानको धान रोपाईं प्रभावि हुनका साथै खेतमा रहेको धान व्याड डढन थालेको छ। करिव एक तिहाइ खेतको धान रोपाई गरिसक्नु पर्ने बेलमा पनि रोपाइ सूरू नभएपछि यस वर्ष धान उत्पादन घटने अनुमान गरिएको छ। यस वर्ष सर्लाहीमा ४२ हजार हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइ हुने कृषि ज्ञान केन्द्र जनाएको छ।

जिल्लाको उत्तरी क्षेत्रका अधिकाँस खेतमा आकाशे पानीको भरमा रोपाई हुदै आएकोले त्यस क्षेत्रमा उत्पादन घटने पुर्व अनुमान गरिएको छ।सासापुरका किसान रामनरेश महतोले भन्नुभयो– आकाशबाट पानी नपरेकाले खेतमा रोप्न राखेको धानाको व्याड मरेर सकियो, अव कहाँबाट व्याड ल्याएर रोप्नु ? खेत बाँझो हुने भयो । जिल्लामा बागमती सिचाईं आयोजना र मनुष्मारा सिचाईं आयोजना गरी दुइ वटा ठुला सिचाईं आयोजान संचालनमा रहेका छन ।

बागमती सिचाइं आयोजनाले जिल्लाको ठुलो खेति योग्य जग्गामा सिचाईं सुविधा पुर्यापएको छ भने मनुष्मारा सिचाईंले दक्षिणी क्षेत्रमा सिचाईं सुविधा पुर्यााएको छ ।

यस वर्ष बागमती सिचाईं अयोजनाको लापर्वाहीका कारण किसानले अहिले सम्म पनि धान रोपाइ गर्न नपाएको हरिपुरका १ का किसान सोमकुमारी कार्कीले गुनासो गर्ननुभयो। त्यसै गरी श्रीपुरका किसानहरुले अब पनि सिचाईंले नहरमा पानी नछोडे अन्दोलन गर्ने चेतावली दिएका छन।

सर्लाहीमा असार लागेदेखि नै राम्रोसँग पानी नपर्दा किसानलाइ धानको व्याड जोगाउन मुस्किल परेको छ।