पाँच किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ

0
Shares

सिरहा । प्रहरीले लागुऔषध गाँजासहित सिरहा नगरपालिका–१७ बाट एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय माड्रबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको मोटरसाइकल जाँच गर्दा लागुऔषध गाँजासहित भारतको मधुबनी बस्ने २८ वर्षीय शत्रुधनकुमार सिंहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सिंहको साथबाट अन्दाजी पाँच किलो ४५० ग्राम लागुऔषध गाँजा बरामद् भएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।