भू-माफियाले कब्जा गरेको जग्गाको दर्ता खारेज गर्ने सहमती

0
Shares

पुष्पा थापा, सर्लाही ।
सर्लाहीको बरहथवा नगरपालिका—४ हजारियामा भू—माफिया’ले कब्जा गरेको ६ बिघा १४ कठ्ठा जग्गको दर्ता खारेज गर्ने सहमती भएको छ ।
शुक्रबार बरहथवा नगरपालिकाका प्रमुख देवान्नद महतोको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले स्थानीय जागदेव महतोको नाममा दर्ता भएको किता नम्वर ३२८ र किता नम्वर ३१४ नम्वरको जग्गाको सम्पुर्ण दर्ता खारेज गर्ने सहमती भएको नगर प्रमुख महतोले जानकारी दिनुभयो।

साबिक हजरिया गाविस—७ खैरा टोलमा रहेको ६ बिघा १४ कठ्ठा सार्वजनिक ऐलानी जग्गालाइ बरहथवा नगरपालिकाका वडा नम्वर—४ का वडाध्यक्ष लखेन्द्र महतोले मालपोत कार्यालय बरहथवा र नापी कार्यालय बरहथवाको मिलेमतोमा ‘भू—माफिया’को नाममा लालपुर्जा बनाएको स्थानीयले आरोप लगाएका छन।

आफुहरुले चार पुस्तादेखि जोतभोग गर्दे आएको सार्वजनिक ऐलानी जग्गामा‘भू—माफिया’को नामका लालपुर्जा बनेको भन्दै स्थानीय बासीन्दाले केही दिन अघि बरहथवा नगरपालिका सहित चार वटा सरकारी कार्यालयमा एकै पटक तालाबन्दी गरेका थिए। सर्वजनिक जग्गा व्यतिको नाममा गएको कारण आफुहरुको उठिसास लागेको भन्दै उनीहरु आन्दोलित भएका थिए।

शुक्रबार नगर प्रमुख महतोको अध्क्षतामा बसेको सर्वपक्षीय बैठकले भू—माफिया’लाइ पक्राउ गरी कारबाही गर्ने, व्यक्तिको नाममा दर्ता भएको जग्गाको खारेज गर्ने, त्यसमा संलग्न व्यक्तिहरुको पहिचान गरि कारबाही गर्ने सहमती भएको जनाएको छ।छलफलमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, मालपोत कार्यालयका प्रमुख नापी कार्यालय मलंगवाका प्रमुख र स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहको थियो। सार्वजनिक जग्गालाई व्यक्तिको नाममा सिफारिस गर्नेलाई तत्काल कारबाही गर्नुपर्ने स्थानीयको माग अहिले पनि जारी छ।

हजरियामा त्यसता सार्वजनिक जग्गा अहिले पनि करिब ५० बिघा भन्दा बढी रहेको १ नम्वर वडाका वडाध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिनुभयो। वडा नम्वर ४ का वडाध्यक्ष लखेन्द्र महतोले त्यस जग्गामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्नुभएको छ ।