स्कुटर चोर रंगे हात पक्राऊ

0
Shares

यमलाल भुसाल, बुटवल ।
बुटवलमा स्कुटर चोरलाई चोरीएको स्कुटरसंगै प्रहरीले रंगे हात पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले शुक्रवार बुटवलको वजारवाट रातीमा स्कुटर चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।

बुटवल उपमहानगरपालिका वडानम्बर ११ वस्ने वर्ष २९को अनिल प्रधानलाई प्रहरीले चोरी भएको लु १८ प १०१२ नम्बरको स्कुटर सहित पक्राउ गरेको प्रहरी नायव उपरिक्षक भिमलाल भट्रराईले बताउनु भयो ।

चोरी भएको उक्त स्कुटर बुटवल १२ वस्ने अनिस सुवेदीको भएको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका प्रधानलाई थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।