कुकुरको आतंकले जनजिवन प्रभावित

0
Shares

राजेन्द्र गजुरेल, नुवाकोट । नुवाकोटको सुर्यगढि गाउँपालिका वडा नं ३ फलाटेमा रोगि कुकुरको आतंकले जनजिवन प्रभावित भएको छ । ‘बिगत दुई दिन देखि रोगि कुकुरले स्थानिय बासिन्दालाई घाईते हुनेगरी टोक्न थाले पछि स्थानियमा त्रास फैलिएको एक स्थानिय होम प्रसाद अधिकारी बताउँनुहुन्छ ।’

१० वटा भन्दा वढिको समूहमा रहेका भुस्याहा कुकुरले चुपचाप बसेका स्थानियलाई एक्कासि आक्रामक रुपमा रोगि कुकुरले टोक्न थाले पछि प्रसासन नै गुहार्नु परेको स्थानिय अधिकारीले जनकारी दिनुभएको छ । उहाका अनुसार,‘भुस्याहा कुकुरले शुक्रवारसम्म स्थानीय ५० वर्षिया गोमा विक, ४० वर्षिय कृष्णमान तामाङ, दिलवहादुर तामाङकी १२ वर्षिषा छोरीसहित सात जनालाई टोकेर गम्भीर घाइते वनाएको छ ।’ घाईतेहरु मध्ये पांच कक्षामा अध्ययनरत दिलवहादुर तामाङकी छोरीको भने नुवाकोटमा उपचार नभएपछि थप उपचारका लागि काठमाडौ लगिएको उहाँले जानकारी दिनुभएको छ ।

मानिस तथा पशुचौपायालाई आक्रमण गरेर टोक्ने एउटा कुकुरलाई स्थानीयवासीको सहयोगमा प्रहरीले शुक्रवार अपरान्ह मारेको छ । अन्य भुस्याहा कुकुरहरु पनि खोजेर मार्नु पर्ने पीडित घाइते गोमा विकलगायतले माग गरेका छन् ।