बसोवासको माग गदै २३ दिन देखि रिले अनशनरत परिवारको विचल्ली

बुटवल नगरपालिकाद्धारा छानविन समिति गठन

0
Shares

यमलाल भुसाल, बुटवल । बुटवल उपमहानगरपालिकाले डाजेर लगाएर सार्वजनिक जग्गामा वसोवास गरेकालाई विस्थापित गरेपछि अनशनरत परिवारको विचल्ली भएको छ ।

नगरपालिकाले गत जेठ २९ गते बुटवल उपमहानगरपालिका वडा नं. १ को जामे मस्जिद अगाडि २०२८ सालदेखि बस्दै आएका १६ घर परिवारका टहरामा डोजर लगाए पछि उनिहरुको अवस्था विकराल बनेको छ ।

उपमहानगरपालिकाले डोजर लगाएर खाली गराएको जग्गाको नजिकै पीडित परिवार २३ दिन देखि रिले अनशनमा बसेका छन् ।
बस्ती हटाएर उपमहानगरले कभर्ड हल बनाउन शिलान्यास गरेपछि बृद्धबृद्धा र बालबालिका समेतका परिवारले आफूहरु ४८ वर्षदेखि बस्दै आएको ठाउँमै बसोबास गर्न पाउनुपर्ने माग गर्दै अनसन बसिरहेका छन् ।

उनीहरुले माग पुरा नभए प्राण नै त्याग गर्ने समेत बताएका छन् । “हामीलाई न्यायालय नभएको महशुस भएको छ, हाम्रो माग पुरा नभए हामीले यहाँ प्राण त्याग्छौ” विस्थापित मध्येका विजय कुमार विश्वकर्माले बताउनु भयो ।

घरटहरा हटाएको विषयमा प्रदेश नं. ५ प्रदेश सभामा कुरा उठेपछि प्रदेश मामिला तथा कानुन समितिले स्थलगत अध्ययन समेत गरेको थियो । समितिका सदस्य भोजप्रसाद श्रेष्ठले विस्थापित परिवारलाई वैकल्पिक प्रबन्ध गर्नुपर्ने र तत्काल राहत उपलब्ध गराउनुपर्ने बताएका थिए । तर उपमहानगरपालिकाले बैकल्पीक स्थान दिनुको साटो समिति गठन गर्नु आफैले कानुनको उल्लघन गर्ने र अनि आफै छानविनका लागि समिति बनाउनु न्यायसंगत नभएको सरोकारवालाले बताएका छन ।

नगरसभाले वडा नं. १४ का वडा अध्यक्ष रामप्रसाद रेग्मीको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेको भन्दै समितिको प्रतिबेदन अनुसार उपमहानगरपालिका अगाडि बढ्ने बताएको छ । छानविन समितिले दिएको प्रतिबेदन अनुसार हामी अगाडि बढ्छौ बुटवल उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष महेन्द्र लिगलले भन्नु भयोे ।

छानविन समितिलाई असार मसन्ता भित्र प्रतिबेदन तयार गर्ने अवधी दिईएको छ । यस अघि रुपन्देहीका ११ राजनैतिक दलले सामुहिक रुपमा विज्ञप्ति जारी गरि नगरपालिकाले विस्थापित गराएको परिवारलाई १० धुरका हिसावले जग्गा उपलब्ध गराउन माग गरेका छन । ४२ डिग्रीको प्रचण्ड धुपमा रिले अनशनमा वसेका परिवारको अवस्था निकै दयनिय वन्दै गएको छ । २० असार सम्म शुक्रवारसम्म पनि पानी नपरेकाले उनिहरु खुल्ला आकासमा दिन रात विताउन वाध्य भएका छन । पानी परेसंगै कती विजोक होला ति परिवारको अवस्था ?