सल्यानमा ८० जना कैदिबन्दीहरुको एच. आई. भि जाँच

0
Shares

सरिता चलाउने, सल्यान । सल्यान जील्ला कारागारमा रहेका कैदिबन्दीहरुको एच. आई.भि जाच गरिएको छ । जिल्ला कारगारमा रहेका १ सय २१ जना कैदिबन्दी मध्य ८० जनाको एच. आई.भि जाच गरिएको जेलर डम्बर बिष्टले जानकारी दिनुभएको छ ।

कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रालयको सहयोग तथा स्वास्थ्य कार्यलय सल्यानको आयोजनामा कैदिबन्दीको एच. आई.भि जाच गरिएको उहाँले बताउनु भयो । उनिहरु बिभिन्न धरातलीय बाट आएकाले एच. आई.भि जाच गरिएको उहाँले बताउनु भयो । कैदिबन्दीहरुको चाहानाका आधारमा उनिहरुको एच. आई.भि जाच गरिएको उहाँले बताउनु भयो । ८० जनाको एच. आई.भि । गरेकोमा सबैको नर्मल देखिएको जेलर बिष्टले बताउनु भयो ।

यस्तै उनिहरुलाई एच. आई.भि सम्बन्धी अभिमुखिकरण, काउनन्सिल, उपचार पद्धती बारे जानकारी पनि दिईएको स्वास्थय कार्यलय सल्यानले जनाएको छ । फरक फरक भुगोल बाट कैदिबन्दीहरु कारागारमा आएकोले उनिहरुमा एच. आई.भि छ कि भन्ने आशङकामा जिल्लामा पहिलो पटक यो कार्यक्रमको आयोजना गरिएको स्वास्थय कार्यलयका फोकल प्रशन तारा रिजालले बताउनु भयो ।
यस्ता अभिमुखिकरण कार्यक्रम र उपचार पद्धति बारे जानकारी दिएर उनिहरुको जिवन जिउन सहयोग पुग्ने उहाँले बताउनु भयो ।

जिल्ला कारागार सल्यानमा अहिले ९२ पुरुष, २९ जना महिला र ३ नाबालक गरी एक सय २४ जना कैदिबन्दीहरु रहेका छन ।