चेक बाउन्सको आरोपमा सूर्योदयका एक युवक पक्राउ

0
Shares

इलाम । देशका विभिन्न जिल्लामा चेक बाउन्स सम्बन्धिका घटनाहरु बढेको समाचारमा आइरहेको समयमा इलाममा पनि चेक बाउन्सका घटना हुन थालेको छ । आफ्नो निजी कारोवार मिलाउन खातामा पैसा नभएपनि चेक दिएर कारोवार मिलाउने वाहानमा ठगी गर्नेहरु इलाममा पनि भेटीन थालेको छ ।

सोही क्रममा चेक बाउन्स कसुरमा इलाम प्रहरीले पनि शुक्रबार एकजनालाई पक्राउ गरेको छ । सुर्योदय नगरपालाका वडा नम्बर ११ का ४२ बर्षिय बिनोद मोक्तानलाई पक्राउ गरेको हो । मोक्तानले आफ्नो खातामा रकम नभई पनि कृषि विकाश वैङ्कमा सोह्र लाखको चेक काटेर ताप्लेजुङ फक्तालुङ गाँउपालिका वडा नम्बर ५ का चुङ्गदा शेर्पालाई पैसा नभएको चेक काटेका थिए । प्रहरीमा चेक बाउन्स सम्बन्धि उजुरी परेपछि प्रहरीले मोक्तानलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मोक्तानमाथि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । चेक बाउन्स गर्नेलाई बैकिङ कसुर सम्बन्धी ऐनमा पैसा नभएको चेक दिएर ठगी गरेमा विगो बराबरको वा त्यसको दोब्बर जरिवाना तथा धरौटी दिनुपर्ने र धरौटी बुझाउन नसके कैद सजाय हुने कानुनी व्यवस्था छ ।

ठगी मुद्धाका दुईजना फरार अभियुक्त पक्राउ

इलाम । ठगी मुद्धाका दुईजना फरार अभियुक्तलाई दुईबर्ष पछि इलाम प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगरपालिका ७ का ४५ बर्षिय गणेशकुमार श्रेष्ठ र वडा नम्बर ६ का बालकुमार बस्ने रहेका छन् । उनीहरु बिरुद्ध जिल्ला अदालत झापाले २०७४ साल मंसिर २ गते १/१ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

अदालतको फैसला पछि फरार रहेका श्रेष्ठ र बस्नेतलाई इलाम प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पक्राउ परेका दुबैलाई झापा जिल्ला अदालतमा फैसला कार्यान्वयनको लागि बुझाई सकेको बताइएको छ ।