सर्पको डसाइबाट शिक्षिकाको मृत्यु

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सामा बिषालु सर्पको टोकाइबाट एक शिक्षिकाको ज्यान गएको छ ।

जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर १ बस्ने २८ बर्षकी शिक्षिकका सुनिता तिवारीको मृत्यु भएको हो ।

राति घरमा सुतिरहेको अवस्थामा ओछ्यानमा नै छिरेको बिषालू पर्वको डसाइबाट स्थानीय मनवा माध्यामिक बिद्यालयमा पढाउने तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिहीबार राति सुतेको समयमा सर्पले डसेर बिरामी परेकी तिवारीलाई उपचारका लागि रक्सौल स्थित डंकल अस्पतालमा लगिएकोमा उनको सोही क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको निधनको शोकमा शुक्रबार बिद्यालय बन्द रहेको थियो ।