कारागारका प्रहरीको महिलामाथि गिद्धेनजर


भद्रपुर । कैदीबन्दी भेटन आउने महिलाहरुलाइ कारागारमा सुरक्षार्थ खटिएका प्रहरीले गलत नजरले हेरी पीडा थप्ने काम गरेको पाइएको छ । भद्रपुर स्थित झापा कारागारमा थुनुवा तथा कैद भूक्तान गरिरहेका व्यत्तिलाइ भेटन आउने आफन्त तथा पत्नीमाथि गिद्धे नजरले हेर्ने गरेको महिलाहरुको आरोप छ ।

कारागारमा खटिएका सइ नरेश आचार्यले आवत जावत गर्ने महिलाहरुलाइ रोकेर अनेकथरी विवरण सोधेर सम्पर्क नम्बर समेत लिने गरेको पीडित महिलाले बताएका छन् । कारागारको मुल गेटमा नाम दर्ता गराउदा मोवाइल नम्बर र नाम समेत उल्लेख गर्ने नियम रहेको छ । सोही विवरणको आधारमा आफन्तलाइ भेटेर वाहिर निस्किएका महिलालाइ बारम्बार फोन गरेर अनावश्यक कुरा गरी मानसिक पीडा दिने गरेको ती महिलाहरुले गुनासो गरेका छन् ।

जेलमा श्रीमान छ भन्दैमा हामीमाथि प्रहरीको गलत नजर लगाउने, सम्वेअनशिल अङ्गमा हेर्ने जस्ता व्यवहार प्रहरीले गरेको महिलाहरुको गुनासो छ । जेलमा रहेका श्रीमानलाइ खाना लगायत अन्य कानूनले दिने सामग्री लिएर जादा गुणस्तर सामान प्रहरीले झिक्ने गरेको महिलाहरुको गुनासो छ ।

फेरी आउँदा मेरो लागि सामान लिएर आउनु भन्दै माग गरेको भेटन आउने आफन्तहरुको भनाइ छ । शुरु– शुरुमा राम्रै कुराहरु सोध्नु हून्थ्यो, म पनि भन्थे, श्रीमानलाइ अप्ठ्यारो परेमा सहयोग गर्दिनु है जस्ता गफ हुन्थे, पछि त सइ सापले उल्टै आफुलाइ गलत नजरले हेर्न थालेको उहाँको भनाइ छ ।

केही दिन अघि हवल्दार यादव मार्फत एनसेल नम्बरबाट कल गर्न लगाएर सइ सापले तपाइसग भेटेर विर्तामोड डुल्न जाउ भनेको पीडित महिलाले बताउनुभयो । उहाँले अपशब्द पनि बोलेको उहाँको भनाइ छ । त्यस्तो कुरा गरेपछि आइन्दा देखि मलाइ फोन नगर्नु भनेर हवल्दारलाइ गालि दिएको उहाँले सुनाउनु भयो । सइले जिस्क्याएको कुरा श्रीमानलाइ पनि जानकारी गराएको महिलाले जानउनुभयो ।

हवल्दारको कुरा सइलाइ जानकारी गराउदा समेत वास्ता नगरेको महिलाहरुको भनाइ छ । सइले नानी कती छन् ?। सिजर हो कि नर्मल? तपाइसँग गफ गर्न मन लागिरहन्छ भन्ने गरेको अर्की महिलाले बताउँनुभयो । यो कुरा वाहिर आएमा जे सुकै पनि हुनसक्ने भन्दै आतङ्कित बनाएको उहाँको भनाइ छ । सइ कै कारण कारागारमा भेटन जान पनि तनाव भएको उहाँहरुको भनाइ छ । कार्यशैली र व्यवहारले महिलामाथि डर र त्रास छाएको जनाइएको छ । सइको कार्यशैली प्रति दुवै तर्फका चौकीदार,जेलरलाइ समेत जानकारी छ ।

महिलाहरुले लगाएको आरोप गलत भएको सइ आर्चायले बताउँनुभयो । कुनै गुनासो भए प्रहरीसँग भन्नु पर्नेमा वाहिर गएर भनेको कुरामा कुनै सत्यता नभएको उहँको भनाइ छ । कारागारमा भेटन आउनेको बढी घुईचो लागेका कारण कैदीलाइ भेटन नपाएको रिस प्रहरीमाथि पोखेको हुनसक्ने उहाँकोले जनाउनुभयो ।

कारागारमा प्रहरीले गरेको अभद्र कार्यशैलीका बारेमा कुनै जानकारी नआएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताउँनुभयो । पीडित महिलाले कार्यालयमा आएर जानकारी गराए आफुलाइ कारबाही गर्न सजिलो हुने उहँको भनाइ छ ।