त्रिवि सेवा आयोगका अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी भर्नामा अनियमितता गरेको आरोपमा बुधबार त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य शर्मासहित १० जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा अध्यक्ष शर्मा, सदस्य चिन्तामणि पोखरेल, प्रशासकिय प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी भन्तना, प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह–प्राध्यापक राजेश्वर न्यौपाने, ताराप्रकाश पौडेल र रामबहादुर पाण्डे विरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको हो ।