सिन्धुपाल्चोक (नेस) ।
गाँस,बास, कपास अनि भाग्य खोज्दै मातृभूमिबाट अलग रहेर बाँच्न कसलाई पो रहर हुन्न होला र ? तर पनि नेपाली यूवाहरु रोजगारीका अवसर खोज्दै परदेश पस्न विवश छन् ।
घर परिवार र देश छाडेर परदेशीएका आम यूवाहरुको पीडालाई समेटेर सिन्धुपाल्चोकमा जन्मिएका गायक तथा संगितकार रेशम प्रधानले आमा तिमीलाई बोलको गीत बजारमा ल्याउनुभएको छ ।
गायक तथा संगीतकार प्रधानले गीतमार्फत गरीबी, बेरोजगारी लगायत विभिन्न कारणहरूले परिवारबाट छुटिएर परदेशी भुमिमा पसिना बगाउनु परेको तितो यथार्थलाई उजागर गर्ने प्रयास गर्नुभएको हो ।
गीतको शब्द रचना,संगीत तथा स्वर रेशम प्रधानकै रहेको छ । गायक प्रधान को यस अघि फुल जस्तो उपहार जस्ता आधा दर्जन गीत बजारमा आइसकेका छन् । आमा तिमीलाई बोलको गीतको भिडियो छायाँकार तथा सम्पादक युबराज खत्रीले छायांकन तथा निर्देशन गर्नुभएको छ ।
भिडियोमा आशा खड्का, शिब ठटाल, चन्द्रा तामाङ, राजु कमेडी भुजेल अनि बाल कलाकारमा रचना थापाको दमदार अभिनय हेर्न सकिन्छ । ‘गीतले परदेशीएका लाखौं नेपालीहरुको यथार्थता बोकेको छ, पक्कैपनि परदेशीउकाहरुको मन छुने नै छ’, निर्देशक खत्रीले भन्नुभयो ।
प्रतिक्रिया