ट्रेलरमा सत्या

0
Shares

आगामी कात्तिक २२ गते रिलिजमा आउने फिल्म सत्याको राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर र फस्ट लुक सार्वजनिक गरिएको छ।

फिल्मका अभिनेता विकास थापाको जन्मदिनको अवसर पारेर यसको ट्रेलर र फस्ट लुक्स सार्वजिनक गरिएको हो। ट्रेलरअनुसार फिल्म एक्सन प्रधान बनेको छ। ट्रेलरमा प्रेम, रोमान्स र द्वन्द्व देखाइएको छ। निर्देशक मिलन आलेमगरले फिल्म अहिलेका समसामयिक सत्य घटनामा आधारित रेको दाबी गरे।

झम्कीदेवी कालाखेती, सुमन खत्री र करणसिंह बोहोराद्वारा निर्माणाधीन फिल्ममा मदन थिङ कार्यकारी निर्मातामा रहेका छन्।

विकास थापाका साथ राज कालाखेती, प्रिया शर्मा, करणसिंह बोहोरा, वर्षा थिङ, सुमन खत्री, विकास थापा, गौरव सम्राटलगायतले अभिनय गरेको फिल्ममा श्रवण सम्राटको कथा, विकास चौधरीको संगीत, रामजी लामिछाने, सुरेश पाण्डे र सुरेश बस्यालको कोरियोग्राफी, र देव महर्जनको द्वन्द्व, सुमनकुमार तण्डुकारको छायांकन र तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ।