शिब पार्वतीको मुत्र्ति बनाउन सवा तीन करोड संकलन


पर्वत । पार्वतीको जन्मभूमि पर्वत र तपस्या बसेको बिस्वास गरिएको गुप्तेश्वर गुफामा शिब पार्वतीको बिश्वकै अग्लो मुक्ति निर्माण गर्ने उद्देशयले आयोजित महायज्ञमा नगर ३ करोड २६ लाख रुपैया बचत भएको छ ।

पर्वत को कुस्मामा जेठ १ देखी ११ दिन सम्म सन्चालन भएको विराट गुप्तेश्रर कोटीहोम धार्मिक मेलामा ३ करोड २६ लाख नगद बचत भएको हो । यसमा दान दिइएको जग्गा र पछि दिने रकम जोड्दा ५ करोड भन्दा बढी रुपैया संकलन हुने देखिएको छ ।

मुल आयोजक समितिले पत्रकार सम्मेलन गरेर आय ब्यय सार्वजनिक गरेको हो । मूलआयोजक समितिका कोषाध्यक्ष कमलनाथ पोखरेलका अनुसार ३ करोड ८९ लाख ४१ हजार ६ सय ५ रुपैयाको आम्दानी भएको थियो । त्यस मध्ये महायज्ञ अवधीभर ६३ लाख २९ हजार ८० रुपैया खर्च भएको पोखरेलले जानकारी दिनुभयो । महायज्ञ लगाएको स्थानमै ३ रोपनी प्राप्त भएको जानकारी गराउदै शिवपार्तको मूर्ति वन्दा सहयोग गर्ने दाताहरुको नाम समेत उल्लेख गर्नु भयो ।


महायज्ञमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना १ लाख रुपैया तिरेर संस्थापक बन्नुभएको छ भने पुर्बाधार निर्माण गर्ने क्रममा बजेट बिनियोजनमा सहयोग गर्ने आश्वासन दिनु भएको छ । यसैगरी साँसद पदम गिरीले १५ लाख रुपैया यस बर्षको पुर्वाधार बिकास कार्यक्रमबाट बिनियोजन गर्ने, तथा गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बिकास लम्सालले मन्त्रालयले शिब पार्वतीको मुत्र्ति सहितको बिस्तृत आयोजना प्रतिबेदन(डिपीआर) बनाउन सहयोग गर्ने आश्वासन दिनुभएको छ ।

कुस्मा नगरपालिकाले १० लाख, मध्यनेपाल नगरपालिकाले ३ लाख, बिप्लब हमालले ५ लाख, चन्द्रबहादुर क्षेत्रीले ५ लाख रुपैया दिने आश्वासन दिनुभएको छ ।

मूल आयोजक समितिका अध्यक्ष पृथ्वी नारायण शर्माले महायज्ञमा तन,मन,वचन र आर्थिकले सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नु भयो । धार्मिक मेलाले लिएको उद्धेश्य पूरा गर्न सवैको सकरात्मक सहयोगको लागी आग्रह गर्नुभयो । विश्वमै अग्लो शिवपार्वतीको मुर्ति निर्माण गर्ने,१२ वटा ज्योर्ति्लिड्ग स्थापना गर्ने,२०८ कोठाको सत्सङ भवन र भव्य सीस महल निर्माण गर्ने चुनौती पूर्ण कार्य भएकाले यस तर्फ अव समिति वैधानिक हिसावले दर्ता भई अगाडी वढ्ने जानकारी दिनुभयो ।

महायज्ञमा १ लाख जम्मा गर्ने संस्थापक १ सय ९० जना,तुलादान गर्ने ८ सय १८ जना,शिवलिड्ग स्थापनार्थ ५१ हजार जम्मा गर्ने १ सय ८ जना रहेको जानकारी महासचिब अच्युत तिवारीले जानकारी दिनुभयो ।