सावित्रीको हत्या गरेर २२ लाख लुट्ने गिराेह पक्राउ


काठमाडौं । भक्तपुरमा आइतबार सावित्री भट्टराईको हत्या गरी फरार भएका भनिएका तीनजनालाई प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

प्रहरी स्रोत अनुसार उनीहरुलाई विभिन्न ठाउँबाट आइतबार राति पक्राउ गरिएको हो । चाँगुनारायण नगरपालिकाको बाँसबारीमा दिउँसो तीनजनाले ६० वर्षीय सावित्रीको हत्या गरेर २२ लाख रूपियाँ लुटेका थिए ।

प्रहरीले शंकास्पद एकजनालाई आइतबार नै पक्राउ गरिसकेको थियो ।