लस्ट सिटीमा सयौं प्रजातिका जीव र वनस्पती


वासिंगटन (एजेन्सी)
मध्य अमेरिकी राज्य होन्डुरसको जंगलमा पुरिएको शहर ‘लस्ट सिटी‘ को खोज अभियानमा रहेका वैज्ञानिक टोलीको खोजले सबैलाई चकित पारेको छ । उक्त टोलीले १ सय ९८ प्रजातीका पन्छी, ९४ प्रजातिका पुतली, साना स्तनपायीका ४०, ठुला स्तनपायीका ३० र उभयचर तथा सरिसृप ५६प्रजातीका नयाँ जीव फेला पारेका छन् ।

उक्त जंगलमा अत्यन्त प्राचिन शहरको अवशेष रहेको थाहा पाएपछि कन्जरभेसन इन्टरनेसनलले अनुसन्धानकर्ताहरुको उक्त टोलीलाई ३ हप्ताका लागि त्यहाँ पठाएको थियो । ।।। लस्ट सिटी अफ मन्की गड ।।। अर्थात ह्वाइट सिटीमा पुगेका उक्त टोली त्यहाँको जैविक विविधताले चकित परेका छन् ।
उक्त टोलीले सन् १९६५ पछि पहिलो पटक फल्स ट्र्ी कोरल प्रजातीका साँप पनि यसै क्षेत्रमा फेला पारेका थिए । तर पछि त्यसको कुनै रिकर्ड राखिएको थिएन् ।

ह्वाइट सिटी नाम दिइएको यो मध्य अमेरिकाको त्यो क्षेत्र हो जसको विषयमा मानिसहरुलाई धेरै जानकारी छैन । सोधकर्ताहरुको यो टोली उक्त पुरातन सहरको अवशेषहरुको बीचमा पुग्दा त्यहाँको जैविक विविधताले सबैलाई आकर्षित बनायो । अभियानका निर्देशक ट्रेट लरसनले भने ( यी प्रजातिहरु फेला परेकोमा हामी अत्यन्त उत्साहित छौं । यो त्यो इलाका हो जहाँ अहिलेपनि पर्यावरणिय तथा नयाँ प्रजाति विकासको प्रक्रिया जारी छ । यस अभियानले यो इलाका पर्यावरणिय तथा पुरातात्विक महत्वको भएको छ ।