नेपालमै पहिलोपटक ‘डाटा सेन्टर समिट’ सम्पन्न


काठमाडौं, (नेस)
नेपालमै पहिलोपटक आयोजना गरिएको डाटा सेन्टर समिट सफलतापूर्वक सम्पन्न भएको छ । डाटा सेन्टर सोलुसन्सको क्षेत्रमा विश्वविख्यात कम्पनीबाट आएका विषय विज्ञले डाटा सेन्टरको परिचय, महŒव, पछिल्ला टेक्नोलोजी, विजनेसमा यसको प्रयोग, सुरक्षा आदि विषयमो अनुसन्धान पत्र पेश गरेका थिए ।
समिटको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकार डाटा सुरक्षाको सन्दर्भमा गम्भीर रहेको बताउनुभयो ।

हरेक क्षेत्रमा सूचना प्रविधिको आवश्यकता बढिरहेको बताउ“दै मन्त्री बास्कोटाले डाटाको संकलन, प्रशोधन, भण्डारण, यसको सुरक्षाका विषय अहिलेको सबैभन्दा संवेदनशील विषय रहेको उल्लेख गर्नुभयो । ‘सरकारले डिजिटल नेपालको अवधारणा अघि सारेको छ । हामी निजी क्षेत्रसँग (स्वदेशी होस् या विदेशी) मिलेर नेपाललाई छिटोभन्दा छिटो विकसित र प्रविधियुक्त राष्ट्रको रुपमा अगाडि बढाउन चाहन्छौं’ मन्त्री बास्कोटाको भनाइ थियो ।

सरकारको अहिले सिंहदरबारमा रहेको डाटा सेन्टरको सामथ्र्य बढाउनुपर्ने आवश्यकता पनि रहेको उहा“ले बताउनुभयो । हेटौंडामा डिस्टार रिकभरी सेन्टर स्थापना भइसकेको जानकारी दि“दै उनले अर्को वर्ष इटहरी र नेपालगन्जमा सरकारीस्तरबाट डाटा सेन्टर स्थापना गर्ने तयारी बताउनुभयो ।

‘हरेक उद्योगलाई डाटा सेन्टर आवश्यक छ । यसैले सरकारले यसको कानुनी प्रबन्धको व्यवस्था गर्न लागेको छ । अहिले डाटामाथिको हमला, सुरक्षामाथिको हमला, राष्ट्रियताको हमला, व्यक्तिको गोपनीयतामाथिको हमला बढिरहेकाले हामीले कानूनी पाइला पनि चालेका हौं ’ उहा“ले ‘कानुनमार्फत् यसको व्यावसायिक प्रयोगका लागि बाटो खुल्ला गर्ने, संवेदनशील विषयको सुरक्षा प्रबन्ध गर्ने गरी कानुनी व्यवस्था आवश्यक देखिएको छ ।’

सरकारले पूर्वाधारमा ब्यापक विस्तारमा मात्रै जोड नदिई यसबाट आउने चुनौतीलाई पनि नियन्त्रण गर्न र गम्भीर रहेको मन्त्री बास्कोटाको भनाइ छ ।
उहा“ले सररकारले इमर्जेन्सी रेस्पोन्स टिम (आइटी सर्ट) स्थापना समेत गर्न लागेको बताउनुभयो । १५औं पञ्चवर्षीय योजनामा सूचना प्रविधिका विषयलाई ब्यापक रुपमा समेटेको र त्यसमा डाटा सेन्टरको विषयलाई प्रमुखताका साथ व्यवस्था गरिएको पनि जानकारी दिनुभयो ।

समिटमा नेपालको डाटा सेन्टर उद्योगसम्बन्धी सेवाप्रदायक, सेवाग्राही, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धान, सूचना प्रविधि उद्योगी लगायतको उल्लेख्य सहभागिता रहेको थियो । समिटकै अवसरमा विभिन्न डाटा सेन्टर कम्पनीले आफ्ना प्रोडक्ट र सर्भिसको जानकारी दिन स्टल राखेका थिए ।
समिटकै दौरान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ओइएम पार्टनर तथा सेवा प्रदायकले डाटा सेन्टर सोलुसन्स र प्रोडक्टसहित सहभागिता जनाएका थिए । हस्पिटालिटी, बैंकिङ तथा वित्तीय संस्था, सरकारी संस्था, कर्पोरेट क्षेत्र, एनजीओ र आईएनजीओलगायतबाट प्रतिनिधिले अवलोकन गरेका थिए ।